जर्वजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

राजेन्द्र कार्की । जाजरकोट
जर्बजस्ती करणी गरेको आरोपमा जाजरकोटमा एक युवक पक्राउ परेका छन् । जिल्लाको कुशे गाँउपालिका ५ दमदाला बस्ने २८ बर्षका मायाराम नेपालीले स्थानिय १६ बर्षिय एक बालिकालाई जर्वजस्ती करणी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनले घरमा एक्लै सुतिरहेको मौका छोपी शुक्रवार राती जर्वजस्ती करणी गरेर फरार भएका थिए । किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । उनलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । जर्वजस्ती करणी सम्बन्धी मुद्धा दर्ताको तयारी भैरहेको प्रहरीले जनाएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya