July 6 - 2022, Wednesday२१ असार २०७९, मंगलवार

प्रशासनमा सेवाग्राहीको चाप बढेपछि विहान ८ बजेदेखि सेवा !

प्रवाह संवाददाता । जाजरकोट

सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले विहान ८ बजे देखि सेवा दिन थालेको छ । राष्ट्रिय परिचय पत्र लिनेको चाप लागेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले विहान आठ बजेदेखि सेवा सुरु गरेको हो ।

दैनिक सय भन्दा बढी सेवाग्राही आउने र कार्यालय समयमा सेवाग्राहीको काम गर्न नसक्दा उनीहरु मर्कामा परेपछि विहान ८ बजेदेखि सेवा शुरु गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए ।

एकदिनमा कार्यालय समयमा बढीमा ५० जनाको इन्ट्री मात्र गर्न सकिने र अन्य सेवाग्राहीले पालो नै नपाउने अवस्था देखिएपछि समस्या समाधान गर्न कार्यालय समय भन्दा दुई घण्टा अघि विहान ८ बजेदेखि सेवा शुरु गरेको प्रमुख जिल्ला अधिकारी शाहीले बताए । राहदानी लिन राष्ट्रिय परिचय पत्र अनिवार्य बनाएपछि सेवा लिनेको संख्यामा वृद्धि भएको उनले बताए ।

अहिले जिल्लामा एउटा मात्र ठाँउ (स्टेशन) बाट काम सुरु भईरहेको छ, अर्काे स्टेशन थपको लागि राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागबाट निर्णय भएको प्रजिअ शाहीको भनाई छ । त्यसका लागि एक हप्तामा कम्प्यूटर लगायतका समान र जनशक्ति एक हप्ताभित्र आउने बताईएको छ । अव दुई स्टेशन बाट काम भयो भने छिटो, छरितो र सजिलो हुने उनको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad