July 6 - 2022, Wednesday२१ असार २०७९, मंगलवार

जाजरकोटमा जीप दुघर्टनाः तीन जनाको मृत्यु गंभिर घाइतेको हेलिकोप्टरबाट उद्धार

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । चार जना गंभीर घाइते भएका छन् । गंभिर घाइते पाँच जनालाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
सुर्खेतबाट जुनीचाँदेका लागि छुटेकोे कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको बोलेरो जीप जुनीचाँदे गाउँपालिका ५ बलेपुइन नजिकैको मोर्डमा दुघर्टना भएको हो ।

मृत्यू हुनेमा जुनीचाँदे ५ स्यालाकी ४० बर्षिय पुतला गिरी, जुनीचाँदे ६ का २१ बर्षिय दर्शन शाही र सोही वडाकी ३४ बर्षिया कालिका शाही रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए । दुर्घटनामा ८ जना घाइते भएका छन । त्यसमध्य गंभिर घाइते लालबहादुर बुढा, विपना शाही, टोपबहादुर थापा, समिक्षा शाही र सरिता शाहीलाई उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिएको प्रजिअ शाहीले बताए । अन्य तीन जना सामान्य अवस्थामा छन् । जुनीचाँदे ५ लामा तडाको बाटो अबरुद्ध भएका कारण लुहादह हुदै गर्खाकोट आएको गाडी दुर्घटना भएको जुनीचाँदे गाउँपालिका ५ वडा अध्यक्ष जय बहादुर बस्नेतले बताए । मोडमा व्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले बताए । थप अनुसन्धान भैरहेको उनले बताए ।

गृहमन्त्री बालकृष्ण खाणले जाजरकोटको जुनीचाँदे गाउँपालिका– ५ मा भएको यात्रुबाहक बोलेरो जीप दुर्घटनामा घाइते भएकाहरूको हेलिकप्टरबाट उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
घाइतेको हेलिकोप्टरमार्फत तत्काल उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएपछि नेपाली सेनाको सुर्खेत स्थित कार्यालयबाट हेलिकोप्टर उद्धारका लागि जाजरकोट पठाईएको हो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad