July 6 - 2022, Wednesday२१ असार २०७९, मंगलवार

सुतेकै अवस्थामा वडाध्यक्ष मृत फेला

राजेन्द्र कार्की । जाजरकोट
जाजरकोट जिल्लाको कुशे गाउँपालिकाका एक जना वडाध्यक्ष मृत फेला परेका छन् । वडा नम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती शनिवार मृत भेटिएका हुन् ।
शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती शनिवार बिहान मृत अवस्थामा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए । आफन्तका अनुसार उनी खासै विरामी थिएनन् । शुक्रवार बेलुका टाउको दुखेको छ भनेर खाना खाएर सुतेका थिए । विहान किन उठेनन् भनेर कोठामा हेर्न जाँदा उनको मृत्यु भैसकेको थियो । मृत्युको कारण खुल्न नसकेपनि हृदयघातका कारण उनको मृत्यु भएको आशंका गरिएको छ ।
मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad