राजेन्द्र कार्की । जाजरकोट
कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी २५ बर्षपछि जाजरकोट प्रहरीले पक्राउ गरेको छ । जाजरकोट जिल्ला जुनिचाँदे गाउँपालिका वडा नं. ७ बस्ने जगविलाल रोकाय समेत भएको कर्तव्य ज्यान मुद्दामा सम्मानित जिल्ला अदालतको मिति २०५४ बैशाख २७ गतेको फैसलाले १० (दश) बर्ष कैद तोकिएका फरार प्रतिवादी जगविलाल रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सुचनाका आधारमा खटिएको प्रहरीले उनको घर नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी ल्याएको हो । अदालतले रोकायलाई कारागार चलान गर्न आदेश दिएको छ । रोकायले २५ बर्ष अघि गाँउकै एक जनाको हप्या गरेको ठहर गदै १० बर्ष कैद सजायको अदालतले फैसला गरेको हो ।


