July 6 - 2022, Wednesday२१ असार २०७९, मंगलवार

शिवालय गाँउ कार्यपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित

राजेन्द्र कार्की । जाजरकोट

शिवालय गाउँकार्यपालिकाको आइतवार सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । निर्वाचनबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका तीन तीन जना बिजयी भएका छन ।

गाँउ कार्यपालिकामा ४ जना निर्वाचित सदस्य र २ जना समावेशी खुल्ला बाट निर्बाचित गर्नुपर्ने प्राबधान रहेको छ । गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य मतदाता हुने ब्यवस्था छ । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेस तर्फ खुल्ला दलित÷ अल्पसंख्यक सदस्य पदमा शेर बहादुर नेपाली (बादी), महिला सदस्य पदमा तारा थापा मगर, पुष्पा बि.क.निर्बाचित भएका छन भने नेकपा माओवादी केन्द्रबाट खुल्ला दलित÷ अल्पसंख्यक सदस्य पदमा लिले सुनार, महिला सदस्य पदमा भबिसरा बि.सि, पार्वती बि.क निर्बाचित भएकाछन । उनीहरु सवैले वडाध्यक्ष सरह सुविधा पाउनेछन् भने कार्यपालिकाको बोर्ड सदस्यको रुपमा काम गर्नेछन् । शिवालय गाँउपालिकामा सत्ता गठबन्धनबाट अध्यक्षमा नेपाली काँग्रेसका शेरबहादुर शाही र उपाध्यक्षमा माओवादी केन्द्रका गिता शाही निर्वाचित भएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad