July 6 - 2022, Wednesday२१ असार २०७९, मंगलवार

काँग्रेस–तीन, एमाले–तीन, माओवादी केन्द्र–एक पालिकामा विजयी,कतै विरासत जोगियो, कतै खुस्कियो

राजेन्द्र कार्की । जाजरकोट

गत ३० बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा जाजरकोट जिल्लाका सवै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जाजरकोटमा नेपाली काँग्रेसले तीन, एमालेले तीन र माओवादी केन्द्रले एक पालिकामा जित निकालेका छन् । अघिल्लो निर्वाचन भन्दा यसपटक काँग्रेसलाई फाईदा भएको छ भने एमालेले तीन पालिका प्रमुख÷अध्यक्ष कायम गरेपनि उपप्रमुख÷उपाध्यक्ष गुमाएको छ भने माओवादीलाई यसपटक घाटा लागेको छ । दुई पालिका प्रमुख र तीन उपप्र्रमुख जितेको माओवादी यसपटक एक प्रमुखमा खुम्चिएको छ भने तीन उपप्रमुख÷उपाध्यक्ष जित निकालेको छ ।

दुई पालिकामा पुरानै दोहरिए

भेरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका चन्द्रप्रकाश घर्ती पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गगनबहादुर खड्कालाई परााजित गदै जित निकालेका हुन् । त्यस्तै कुशे गाँउपालिकामा नेपाली काँग्रेसका हरिचन्द्र बस्नेत पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले माओवादी र एकिकृत समाजवादीका साझा उम्मेदवार समाजवादीका तप्त हमाललाई पराजित गदै पुनः जित निकालेका हुन् । भेरीमा उपप्रमुखमा काँग्रेसकी सिता जैसी र कुशेमा काँग्रेसकै देविका सिंह उपाध्यक्षमा निर्वाचित भएका छन् ।

दुई निवर्तमान अध्यक्ष पराजित

छेडागाड नगरपालिका निवर्तमान नगरप्रमुख र बारेकोट गाँउपालिकाका निवर्तमान अध्यक्ष पराजित भएका छन् । एमालेबाट निर्वाचित छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतारा सत्ता गठबन्धनका साझा उम्मेदवार काँग्रेसका रत्नबहादुर खड्का सँग पराजित भएका हुन् । त्यस्तै नेपाली काँग्रेसबाट निर्वाचित बारेकोट गाँउपालिकाका निवर्तमान अध्यक्ष महेन्द्रबहादुर शाहलाई एमालेका वीरबहादुर गिरीले पराजित गरेका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार भएपनि शाहले आफ्नो विरासत जोगाउन सकेनन् । छेडागाडको उपप्रमुखमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा र बारेकोटको उपाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर गिरी निर्वाचित भएका छन् । दुवै जना सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

१४ मध्य चार जना मात्र महिला निर्वाचित

जाजरकोटका सात पालिकामा प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष गरी १४ जना निर्वाचित भएका छन् । जसमा चार जना मात्र महिला निर्वाचित हुन सफल भएका छन् । भेरीको उपप्रमुखमा नेपाली काँग्रेसकी सिता जैसी, नलगाडको उपप्रमुखमा काँग्रेसकै सरिता सिंह र कुशेको उपाध्यक्षमा नेपाली काँग्रेसकी देविका सिंह निर्वाचित भएका छन् । शिवालय गाँउपालिकामा माओवादी केन्द्रकी गिता शाही उपाध्यक्षमा निर्वाचित भएका छन् । अन्य तीन पालिकामा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष पुरुष उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका कारण महिला निर्वाचित हुनबाट बञ्चित भएका हुन् । संविधान अनुसार एउटै पार्टीले पालिका प्रमुख वा उपप्रमुखमा महिला पुरुष चुनाव लडाउनु पर्ने ब्यवस्था छ । तर एमाले बाहेक अन्य सत्ता गठबन्धनको तालमेल भएका कारण महिलाको संख्या कम भएको हो । एमालेले सातै पालिकामा उपप्रमुख÷उपाध्यक्षका महिला उम्मेदवार बनाएको थियो भने काँग्रेसले चार पालिका, माओवादीले एक पालिकामा महिला उपाध्यक्ष र एक पालिकामा महिला अध्यक्षमा उम्मेदवार बनाएको थियो । तर जुनीचाँदे गाँउपालिका अध्यक्षका उम्मेदवार शिवा आचार्य पराजित भएकी छन् । उनी यस अघि सोही गाँउपालिकाकी उपाध्यक्ष थिईन ।

कतै विरासत जोगियो, कतै खुस्कियो

एमालेले भेरी, माओवादी केन्द्रले नलगाड र काँग्रेसले कुशेमा आफ्नो विरासत जोगाएका छन् । यस अघि जितेका ति पालिकामा पुनः सोही पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । तर शिवालय र छेडागाड एमालेले, जुनीचाँदे माओवादी केन्द्रले र बारेकोट काँग्रेसले शाख गुमाएका छन् । यस अघि जितेका पालिका पुनः जित निकाल्न सकेनन् । शिवालय र छेडागाड काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने बारेकोट र जुनीचाँदे एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad