July 6 - 2022, Wednesday२१ असार २०७९, मंगलवार

निबर्तमान अध्यक्षलाई पराजित गदै बारेकोटमा एमालेका वीरबहादुर गिरी विजयी

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी अध्यक्षमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतले पराजित गर्दै गिरी अध्यक्षमा विजयी भएका हुन् ।

अध्यक्षमा निर्वाचित गिरीले तीन हजार नौ सय ५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका महेन्द्रबहादुर शाहले तीन हजार आठ सय ४५ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर गिरी निर्वाचित भएका छन् ।

उपाध्यक्षमा निर्वाचित गिरीले तीन हजार छ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी गिता सिंहले तीन हजार चार सय एक मत प्राप्त गरेकी छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए । तर यस पटक सत्ता गठबन्धनबाटै धोका पाएपछि उनी पराजित भएका हुन् ।

बारेकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस वीच चुनावी गठबन्धन भएको थियो तर एमालेले एक्लै निर्वाचनमा होमिएको थियो । अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष समेत थिए । पत्रकारिता क्षेत्रमा लामो समय विताएका गिरी भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा पुस्तकालय सहायकको रुपमा कार्यरत थिए । ६ महिना अघि सरकारी जागिर छोडेर राजनितिमा होमिएका गिरी बारेकोट गाँउपालिकाको स्थानिय सरकारको बागडोर सम्हाल्ने अवसर पाएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad