July 6 - 2022, Wednesday२१ असार २०७९, मंगलवार

जसले पत्रकारिताबाटै राजनितिमा छलाङ्ग मारे

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटका तीन पत्रकारले जनप्रतिनिधी बन्ने अवसर पाएका छन् । पत्रकारीता क्षेत्रमा हुँदा देखि नै जनताको सेवा गरेका र राजनितिक पहुँच बनाएका कारण बारेकोट गाँउपालिकाको अध्यक्षमा वीरबहादुर गिरी, नलगाड नगरपालिकामा वडाध्यक्ष बद्री पन्त र भेरी नगरपालिकाको वडाध्यक्षमा बसन्त प्रसाद शर्मा निर्वाचित भएका हुन् ।

बारेकोट गाँउपालिकाको अध्यक्षमा निर्वाचित गिरी नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका महेन्द्र शाहलाई पराजित गदै गिरी विजयी भएका हुन् । शाह निवर्तमान अध्यक्ष हुन् । ४३ बर्षिय गिरी यस अघि प्रेस चौतारी नेपालको केन्द्रिय उपाध्यक्ष थिए । उनी केही समय अघि सम्म राजधानी दैनिक र नेपाल टेलिभिजनमा कार्यरत थिए । मुलधार र जिल्ला स्तरकै संचारमाध्याममा दुई दशक पत्रकारिता गरेका गिरी ६ महिना अघि देखि राजनितिमा सक्रिय थिए । उनी केही समय अघि मात्र पार्टी सचिवमा निर्वाचित भएका थिए । सुशासन र सम्मुन्न बारेकोट निर्माण गर्ने अठोटका साथ राजनितिमा होमिएका गिरी नागरिकको आशा, विश्वास र भरोसालाई टुट्न नदिने बताउँछन् । पत्रकारिताबाट मात्र समाजमा रहेका विकृति र विसंगति हटाउन नसकिने भएकोले असल समाज निर्माणका लागि राजनितिमा लागेको नवनिर्वाचित अध्यक्ष गिरीको निश्कर्ष छ । नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधी रहेका गिरी पत्रकारीतामा राम्रो दख्खल राख्ने उनी राजनितिमा समेत चतुर खेलाडी मानिन्छन् ।

मनोनयन दर्ता गर्दाको दिन सम्म सरकारी संचारमाध्याम नेपाल टेलिभिजन र रेडियो नेपालमा रिपोटिङ्ग गरिरहेका ३० बर्षिय बद्री पन्त नेपाली काँग्रेसको तर्फबाट नलगाड नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष निर्वाचित भएका छन् । सगरमाथा टेलिभिजन र अन्य संचार माध्याममा डेढ दशक बढी पत्रकारिता गरेका पन्त पत्रकार भएपनि जनताको सेवामा रातदिन खटिने गर्दथे । कोभिडको बेला आफ्नो ज्यानको समेत प्रवाह नगरी स्वास्थ्य संस्थामा विरामी लैजाने, औषधी, सिलिन्डर आवश्यक परेको ठाँउ पुरयाउने र नागरिकका हरेक समस्यामा साथ दिएकै कारण उनले माओवादी केन्द्रको गढ रहेको वडा नम्बर ४ मा उनीहरुको किल्ला भत्काउँदै विजय प्राप्त गरेका हुन् । यस अघि उक्त वडा माओवादी केन्द्रले जितेको थियो । उनले जनप्रतिनिधी भएर जनताको सेवामा सर्मपित हुने बताएका छन् । जनताले दिएको जिम्मेवारी इमान्दारी पुर्वक पुरा गर्नेछु उनले भने । उनी नेपाल प्रेस युनियनमा लामो समय देखि आवद्ध छन् । पत्रकार महासंघका जिल्ला कार्यसमितिका सदस्य समेत रहेका पन्त पत्रकारीतामा जस्तै अब्बल राजनितिमा पनि आफ्नो दक्षता देखाउन चाहन्छन् ।

त्यस्तै पत्रकारीता र समाजसेवा मार्फत पहिचान बनाएका ३२ बर्षिय बसन्त प्रसाद शर्मा भेरी नगरपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष निर्वाचित भएका छन् । प्रेस सेन्टरको जिल्ला पुर्व जिल्ला अध्यक्ष शर्मा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भएर चुनाव जितेका हुन् । यस अघि यो वडामा नेपाली काँग्रेसले जितेको थियो । राजनितिबाट धेरै गर्न सकिन्छ भनेर नै यस क्षेत्रमा होमिएको हुँ । सफल पनि भए जनताले अनुभुति हुने गरी सुधारका काम गर्छु । राजनिति प्रति बढिरहेको वितृष्ण घटाउने मेरा प्रयास रहन्छ उने भने सुशासन र पारदर्शिता कायम गर्नु नै मेरो पहिलो प्रयास हुनेछ । संगठनिक रुपमा कमजोर रहेको वडामा जर्वजस्त चुनाव जितेर बसन्तले कुटिल र कुशल नेताको रुपमा आफुलाई उम्याएका छन् ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad