जाजरकोटमा प्रमुख पार्टीको छुट्टा छुट्टै उम्मेदवारी

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा धेरैजसो पालिकामा प्रमुख पार्टीहरुको छुट्टा छुट्टै उम्मेद्धवारी परेको छ । सत्तारुढ गठबन्धनले जिल्लाका सात वटै पालिकामा भागबण्डा गरेपनि छेडागाड बाहेक सवैमा आ आफ्नो दलले छुट्टा छुट्टै उम्मेदवारी दिएका छन् ।

छेडागाडमा गठबन्धनबाट काँग्रेसका रत्नबहादुर खड्का मेयरमा र माओवादी केन्द्रका चन्द्रबहादुर थापा अपिल, एमालेबाट मेयरमा लालबहादुर महतारा र उपमेयरमा अञ्जु थापा केसीको उम्मेदवारी परेको छ ।

bhumi-sanrakshyan

शिवालय गाँउपालिकामा गठबन्धन भत्किएको छ । शिवालयमा नेपाली काँग्रेसबाट शेरबहादुर शाही अध्यक्षमा र उपाध्यक्षमा गिता कुमारी शाही, एमालेबाट रंगनाथ योगी अध्यक्षमा र नैनसरा शाही उपाध्यक्षमा मनोनयन परेको छ । माओवादी केन्द्रबाट गोपालबहादुर घर्तीको अध्यक्षमा उम्मेदवारी परेको छ ।


भेरीमा पनि सवै पार्टीको छुट्टाछुट्टै उम्मेदवारी परेको छ । नेपाली काँग्रसबाट मेयरमा सनतकुमार कार्की र उपमेयरमा सीता जैसी, एमालेबाट चन्द्रप्रकास घर्ती मेयर र उपमेयरमा सावित्री चन्दको उम्मेदवारी परेको छ । त्यस्तै माओवादी केन्द्रबाट गगन बहादुर खडका जीवन मेयर र कृष्णा आचार्य उपमेयरमा उम्मेदवारी परेको छ । नेकपा एकिकृत समाजबादीबाट कमानबहादुर खड्काको उम्मेदवारी परेको छ । स्वतन्त्र रुपमा मेयरमा दीपेन्द्र शाहीको पनि उम्मेदवारी दर्ता भएको छ ।

नलगाडमा माओवादी केन्द्रबाट मेयरमा नविन रावत र उपमेयरमा देविका लामिछाने, नेपाली काँग्रेसबाट छवि पन्त मेयरमा र उपमेयरमा तेजबहादुर चन्द तथा सरिता सिंह को उम्मेदवारी परेको छ । काँग्रेसकै बागी उम्मेदवारको रुपमा मेयरमा विनबहादुर सिंह र उपमेयरमा शुशिला सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

बारेकोटमा काँग्रेसबाट महेन्द्र शाह अध्यक्षमा र कालु कुमारी ज्योति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । एमालेबाट वीरबहादुर गिरी अध्यक्ष र गिता सिंह उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट तिलकबहादुर रावत अध्यक्ष र उपाध्यक्षमा नरबहादुर गिरीको उम्मेदवारी परेको छ । कुशेमा नेपाली काँग्रेसबाट हरिचन्द्र बस्नेत अध्यक्षमा र देविका कुमारी सिंह उपाध्यक्षमा एमालेबाट प्रेमप्रसाद घर्ती र उपाध्यक्षमा टीका वली, माओवादी केन्द्रबाट अध्यक्षमा जनकराज गौतम अमृत र उपाध्यक्षमा विकास रोकायले मनोनयन दर्ता गराएका छन् । नेकपा समाजवादीबाट अध्यक्षमा तप्त हमाल र उपाध्यक्षमा जानुका मल्लले उम्मेदवारी दिएका छन् ।

जुनीचाँदेमा गठबन्धनबाट माओवादी केन्द्रकी शिवा आचार्य अध्यक्षमा र नेपाली काँग्रेसका विरेन्द्र शाही उपाध्यक्षमा उम्मेदवारी परेको छ । एमालेबाट अध्यक्षमा बेदवहादुर शाही र उपाध्यक्षमा उम्मा शाहीको उम्मेदवारी परेको छ । माओवादी केन्द्रबाटै स्वतन्त्रमा दुर्गबहादुर शाही दामोदर अध्यक्षमा र अम्बिका खड्का उपाध्यक्षमा उम्मेदवारी परेको स्थानिय प्रेमबहादुर कार्कीले बताए ।

सत्ता गठबन्धनले जर्वजस्ती केन्द्रबाट भागबण्डा गरेको भन्दै चित्त नबुझेपछि अधिकांश पालिकामा गठबन्धन भत्किएको छ । सवै दलले आ आफ्नो प्यानल दर्ता गराएका छन् । वडाको भागबण्डा नमिल्दा गठबन्धन धर्मराएको हो । उम्मेदवारी फिर्ता लिन दवाव आएपनि आफुहरु पछि नहट्ने नेताहरुले बताएका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya