April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

बिद्यालय भर्ना अभियानका लागि सचेतनामुलक र्याली तथा सडक नाटक प्रदर्शन

प्रवाह संवाददाता । जाजरकोट

जाजरकोटमा विद्यालय भर्ना अभियान २०७९ को सचेतनामुलक र्याली तथा सडक नाटक को आयोजना गरि शुरुवात गरिएको छ । विद्यालय उमेरका सवै बालबालिकाहरु लाई विद्यालय पठाऔं, बालअधिकारको सुनिश्चित गरौं भन्ने नाराका साथ र्याली प्रदर्शन गरिएको छ ।

कारितास अष्ट्रृेलिया को आर्थिक सहयोग तथा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल (यार्सन) जाजरकोटको शाझेदारिमा सन्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तरगत श्री शिव माध्यमिक विद्यालय कालेगाउँमा रहेको नवश्रीजनशील शान्ति बाल क्लव र दिपेन्द्र प्रावि रावतगाउँले भर्ना अभियान शुरुवात गरेका हुन ।

शिव माध्यमिक विद्यालय कालेगाउँदेखि विद्यार्थि, सुरक्षाकर्मि, अभिभावक,शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधकारी, जनप्रतिनिधि र्याली सहित करिव २ सय जनाको सहभागितामा रावतगाउँ सम्म पुगेर कार्यक्रम समापन भएको थियो । विद्यालय भर्ना अभियान सफल पारौं, गुणस्तरिय शिक्षा हाम्रो अधिकार,बालश्रम अन्त्य गरौं, असल अभिभावकको पहिचान दिऔं भन्ने जस्ता नारा सहित सवै अभिभावकहरु लाई आआफ्ना छोराछोरी विद्यालय पठाउना आहन गरिएको थियो ।

र्यालीको समापनको क्रममा शिव माध्यमिक विद्यालय कालेगाउँका प्रधानाध्यापक तिलक वहादुर खत्रिले बालबालिकाहरुको शिक्षा पाउनु नैशर्गिक अधिकार रहेकाले विद्यालय भर्ना अभियान सन्चालन गरि सवै बालबालिकाहरु लाई विद्यालय पठाउन यो कार्यक्रमको आयोजना गरिएको बताए ।
त्यस्तै दिपेन्द्र प्रावि रावतगाउँका शिक्षक बलराम शाह ले आआ्ना छोराछोरी लाई विद्यालय पठाउन को लागि अभिभावकहरुलाई जागरन गराउन भर्ना अभियान लाई सफल पार्न र्याली ले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

शिव माध्यमिक विद्यालय कालेगाउँका सहायक प्रधानाध्यापक उत्तर वटालाले भर्ना अभियान मा बालक्लवकाबालबालिकाहरुको महत्वपुर्ण भुमिका रहने बताए ।
दिपेन्द्र प्रावि. रावतगाउँका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मधुकर नेपालीले सम्पुर्ण अभिभावकहरुले आफ्ना छोराछोरीहरु विद्यालय भर्ना गरेर असल अभिभावकको भुमिका निर्वाह गर्न आहन गरे ।

साथै बालबालिकाहरुले सडकनाटकको समेत प्रस्तुति गरि बालबालिकाहरु लाई श्रममा हैन विद्यालय पठाऔं भन्ने सन्देस प्रवाह गरेका छन । शिव माध्यमिक विद्यालय कालेगाउँमा रहेको नवश्रीजनशील शान्ति बाल क्लवका बालबालिकाहरुले सडक नाटक को माध्यमद्धारा आफ्ना छोराछोरि लाई पढाईमा भन्दा घरमा वालश्रम मा लगाउने अभिभावकहरुलाई घरमै गएर सम्झाई वुझाई विद्यालयमा भर्ना गराएर असल अभिभावक वन्ने सन्देस प्रवाह गरेका थिए ।

यार्सन जाजरकोटका फिल्ड संयोजक धर्मराज परियारले विद्यालय भर्ना अभिायान २०७९ सफल पार्नका लागि बालबालिकाहरुले सन्चालन गरेको र्याली तथा सडक नाटक ले महत्वपुर्ण भुमिका खेल्ने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad