जाजरकोटमा सत्ता गठबन्धनको भागबण्डा बल्ल मिल्यो, उम्मेद्धवारी दर्ता भोली

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा सत्ता गठबन्धनको भागबण्डा मिलेको छ । सात पालिका रहेको जाजरकोटमा नेपाली काँग्रेसले तीन, माओवादी केन्द्रले तीन र नेकपा समाजवादीले एक पालिका लिने सहमति भएको हो ।

नेपाली काँग्रेसको भागमा बारेकोट गाँउपालिका, कुशे गाँउपालिका र छेडागाड नगरपालिका, माओवादी केन्द्रको भागमा नलगाड नगरपालिका, जुनीचाँदे गाँउपालिका र शिवालय गाँउपालिका भाग परेको छ । नेकपा समाजबादीले भेरी नगरपालिका भाग लिएको छ । सत्ता गठबन्धनको आइतवार केही वेर अघि बसेको प्रदेश स्तरीय संयन्त्रले भागबण्डा टुङ्गो लगाएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाहले बताए ।

bhumi-sanrakshyan

शाहका अनुसार संयन्त्रले भेरी र नलगाडमा काँग्रेसलाई उपमेयर दिएको छ भने शिवालय गाँउपालिका र जुनीचाँदे गाँउपालिकाको उपाध्यक्ष पनि काँग्रेसले पाउने भएको छ । त्यस्तै छेडागाडको उपमेयर, बारेकोट र कुशे गाँउपालिका उपाध्यक्ष पनि माओवादीकै भागमा परेको छ । वडाको भागबन्डा भने जिल्ला स्तरीय संयन्त्रले टुङ्गो लगाउनेछ । वडाको भागबण्डा मिलाउन जिल्ला स्तरीय संयन्त्रको बैठक बसिरहेको नेपाली काँग्रेसका सहसचिव खडक विसीले बताए । भेरी नगरपालिका समाजवादीलाई दिएपछि भने काँग्रेस र माओवादी केन्द्रमा असन्तुष्टी बढेको छ ।

सत्ता गठबन्धनले सोमवार मात्र मनोनयन गर्ने जनाएको छ । एमालेले लगायतका अन्य दलले पनि सोमवार नै मनोनयन दर्ता गर्ने बताएका छन् । जाजरकोटमा १२ राजनैतिक दलले दल दर्ता गराएका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya