अपमानजनक ब्यवहार कसुरमा तीन जना पक्राउ

प्रवाह संवाददाता । जाजरकोट
अपमानजनक ब्यवहार कसुर मुद्धाका भागि फरार विप्लब नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।

गत फागुन ३० गते जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य व्यवस्थापक टिकाराम जैसीलाई कार्यकक्षमा बसी रहेको अवस्थामा कालोमोसो दली जुत्ताको माला लगाएको आरोपमा प्रहरीले भेरी नगरपालिका १ पिपे निवासी डिलबहादुर राना, कुशे ५ का गोविन्द चन्द र भेरी नगरपालिका ७ पुन्मका दिपेन्द्र सिंहलाई पक्राउ गरिएको हो । राना नेकपा विप्लबको भातृ संगठन युवा संगठनका जिल्ला अध्यक्ष हुन भने चन्द सोही संगठनका जिल्ला इन्चार्ज हुन । सिंह अखिल क्रान्तिकारी विद्यार्थी संगठनका जाजरकोट संयोजक हुन ।

घटना सम्बन्धमा निजहरु उपर अपमानजनक व्यवहार सम्बन्धी कसुर मुद्दा दर्ता भई अनुसन्धान भईरहेको छ । सो घटनामा संलग्न भएका भनिएका उनीहरुलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद दिएको छ । हिरासतमा राखेर छानवीन भैरहेको जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष निरौलाले बताए ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya