एमालेले टुङ्गो लगायो चार पालिकामा उम्मेदवार
राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा नेकपा एमालेले चार पालिकामा उम्मेदवार टुङ्गो लगाएर भोट माग्न ब्यस्त छन् तर सत्तारुढ गठबन्धन दलले अझै भागबण्डा टुङ्गो लगाउन सकेका छैनन् । जिल्लामा सहमति जुटन नसकेपछि निर्णयका लागि प्रदेशमा पठाए पनि निर्णय हुन सकेको छैन । नेता कार्यकर्ताहरु निर्णयको पर्खाइमा रहेका छन् । समयमा सहमति जुटन नसक्दा गठबन्धन दलका कार्यकर्ता निराश हुन थालेका छन् ।
जाजरकोटमा काँग्रेस, एमाले र माओवादी केन्द्र यी प्रमुख तीन पार्टी विच तिव्र प्रतिस्पर्धा हुने गरेको छ । गत स्थानिय चुनावमा पनि सात पालिका मध्य तीन एमाले, दुई काँग्रेस र दुई माओवादी केन्द्रले जितेका थिए । यस पटक पनि तीन ओटै पार्टी विच तिव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो । तर सत्तारुढ दलहरुले चुनावी तालमेल गर्ने निर्णय गरे पनि कुन पालिका कसको भागमा पर्ने हो र को उम्मेदवार हुने हो ? अहिले सम्म कुनै टुङ्गो लागेको छैन । सत्ता गठबन्धन भित्रका दलहरुलाई पालिका बाँडफाँड र उम्मेदवार छनौटमा सकस परिरहेका बेला एमालेले चार पालिकामा सर्वसहमतिमै उम्मेदवार छनौट गरेर चुनावी प्रचार प्रसारमा जुटेको छ ।
एमालेले भेरी नगरपालिकामा बर्तमान नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई अघि सारेकोछ । उपप्रमुखमा सावित्री शाह चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारेकोट गाँउपालिकामा अध्यक्षमा वीरबहादुर गिरी र उपाध्यक्षमा गिता सिंहलाई अघि सारेको छ । कुशे गाँउपालिकामा अध्यक्षमा प्रेमप्रसाद घर्ती र उपाध्यक्षमा टीका वली विसीलाई उम्मेदवार बनाएको छ । जुनीचाँदे गाँउपालिकाको अध्यक्षमा बेदबहादुर शाहीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । अन्य तीन पालिकामा पनि छिटै निर्णय हुन्छ । उम्मेदवारी टुङ्गिएका पालिकामा सार्थी घरदैलो अभियानमा समेत लागि सक्नु भयो एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीले भने ‘हाम्रा साथीहरु भोट माग्न ब्यस्त हुनुहुन्छ । चार तिर फर्केका गठबन्धनलाई परास्त गर्ने गरि हामी चुनावी रणनिति बनाएर अघि बढिरहेका छौ ।’
गठबन्धन गर्ने केन्द्रिय सर्कुलर अनुसार जिल्ला तहमा पनि सत्ता साझेदार दलहरु चुनावी तालमेल गरेरै अघि बढ्ने सैद्धान्तिक सहमति गरेका जाजरकोटका चार राजनैतिक दलले भागबन्डा मिलाउन नसक्दा कार्यकर्ताहरु अन्यौलमा छन् । धेरै कार्यकर्ताले जाँगर मारिसकेका छन् कसले कुन पालिका भाग पाउँछ भन्ने अन्यौल कायमै छ । सहमतिका लागि गठबन्धन दलका प्रतिनिधीहरु पटक पटक बैठक बसेर सहमति गर्ने प्रयास गरेपनि निष्कर्षमा नपुगेपछि पालिका बाँडफाँडको जिम्मा माथिल्लो निकाय प्रदेश स्तरीय संयन्त्रलाई जिम्मा दिने निर्णय गरेका छन् तर उक्त संयन्त्रले समेत निर्णय गर्न सक्ने हो कि होइन अन्यौल कायमै नेपाली काँग्रेसका नेता छवि पन्तले भने ‘एमालेका साथीहरु चुनावी प्रचारमा जुटिसक्नुभयो । हामी भने निर्णय कुरेर बसेका छौ ।’ पालिकामा आफ्नो पक्षमा निर्णय नभए गठबन्धन भित्रकै दलका कार्यकर्ता निष्क्रिय हुने देखिएको छ । निर्णय नहुँदा कार्यकर्ता सुस्ताएका छन् भने आकाँक्षीहरु आफ्नो पक्षमा लविङ्ग थालेका छन् ।


