विभिन्न कार्यक्रम गरि नेविसंघ जाजरकोटले मनायो स्थापना दिवस

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

विभिन्न कार्यक्रमको आयोजना गरि नेपाल विद्यार्थी संघ जाजरकोटले ५३ औं स्थापना दिवस मनाएको छ ।

वि.सं २०२६ साल बैशाख ६ गतेका दिन नेविसंघको स्थापना भएको थियो । सोही अवसर पारेर विरामीलाई फलफुल वितरण गर्नुका साथै दीप प्रज्वलन गरेर स्थापना दिवस मनाइएको हो । जिल्ला अस्पतालका विरामीलाई मंगलवार विहान फलफुल वितरण गरेको नेविसंघले बेलुका ठाँटीचोकमा दीप प्रज्वलन गरेको नेविसंघका जिल्ला अध्यक्ष ललित बस्नेतले बताए । कार्यक्रममा नेविसंघका साथै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


दीप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली काँग्रेसका सभापति बेदराज सिंहले लोकतन्त्र स्थापना र नागरिकका अधिकार रक्षाका लागि नेपाल विद्यार्थी संघको गौरबमय इतिहास रहेको बताउँदै अवका तरुण युवाहरु नै भोलीको नेपाली काँग्रेस पार्टी र देश हाँक्ने जनशक्ति भएको बताए । नेविसंघ स्थापना दिवसको अवसरमा शुभकामना दिदै सभापति सिंहले आसन्न स्थानिय तहको निर्वाचनमा आ आफ्नो गाँउ ठाँउमा सक्रिय भएर काँग्रेसका उम्मेदवार जिताउनका लागि सक्रिय रहन निर्देशन दिए । कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष ललित बस्नेतले पार्टीले दिएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने बताए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad