प्रवाह संवाददाता । जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन् । चोरीको मोटरसाइकल सहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मिति २०७९।०१।०४ गते जिल्ला जाजरकोट नलगाड न.पा. वडा न. ०१ कल्पत स्थित सडक बाटोमा सवारी धनि कागजात नभएको लु ५९ प ०२१७ नम्बरको १५० सि.सि.को पल्सर मोटरसाइकल चलाई ल्याई पार्किङ गरी राखेको छ भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट प्रहरी टोली खटिई गई उक्त मोटरसाईकल कानुन बमोजिम रीतपुर्वक बरामद गरी चलाई ल्याई पार्किङ गरी राख्ने व्यक्तीको बारेमा अनुसन्धान गर्दै जाँदा नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन रहेको भनि खुल्न आएको हुँदा निजलाई खोजतलास गर्ने क्रममा मिति २०७९।०१।०६ गते ई.प्र.का.दल्लीबाट खटिएको प्रहरी टोलीले फेला पारी कानुन बमोजिम पक्राउ गरी आवश्यक अनुसन्धानका लागी यस कार्यालयमा दाखिला गरेको हुँदा निज हिरालाल पुनलाई सम्मानित जाजरकोट जिल्ला अदालतबाट दिन ७ को म्यादथप लिई यस विषयमा थप अनुसन्धान कार्य भई रहेको छ ।
नेकपा माओवादी केन्द्र बाट वडाध्यक्ष जितेका पुनले लामो समय देखि उक्त मोटरसाईकल चलाउँदै आएका थिए । तर उनी सँग उक्त मोटरसाईकलका कुनै कागजपत्र थिएनन् । वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन । उनी अहिले प्रहरी हिरासतमा छन् । वडाध्यक्षमा फेरी दोहरिने इच्छा राखेका उनलाई चोरीको मोटरसाईकल काण्डले ठुलै धक्का लाग्ने देखिएको छ ।