February 4 - 2023, Saturday२१ माघ २०७९, शनिबार

सवैका गुरु मण्डल सर तीस बर्ष देखि एउटै श्रेणीमा !

राजेन्द्र कार्की । जाजरकोट

Swasthya sewa karyalaya, jajarkot

जाजरकोटमा मण्डल सर भन्ने वित्तिकै जो कोहीले पनि असल र इमान्दार शिक्षकको रुपमा चिन्ने गर्छन । उनी धेरैका गुरु हुन । गणित, विज्ञान र ऐच्छिक गणितमा अब्बल दक्षता राख्ने मण्डल सर आदर्श शिक्षकको रुपमा स्थापित छन् । सप्तरी जिल्ला तिरहुत गाँउपालिका ५ निवासी सत्यनारायण मण्डल त्रिभुवन मावि खलंगाका गणित÷विज्ञान शिक्षक हुन् । २०४८ साल भदौ २ गते अस्थायी नियुक्ती लिएर शिक्षण थालेका मण्डल सर अहिले सम्म निरन्तर सेवामा छन् । २०५२ सालको शिक्षक सेवा आयोगको परिक्षाबाट २०६० साल मंसिर ७ गते स्थायी नियुक्ति लिएका मावि तृतिय श्रेणीका उनी अहिले सम्म पनि सोही श्रेणीमा कार्यरत छन् ।

धेरैलाई शिक्षा दिए । धेरैको गणित र साइन्स पढ्ने वेस बनाइदिए । डाक्टर ईन्जिनियर, प्रशासक लगायतका उच्च पदमा पुग्ने आधार बनाइदिए तर आफु भने मैन बत्ति जस्तै जलिरहे । जुन पद र श्रेणीमा उनले शुरु नियुक्ती लिएका थिए ३० बर्ष अघि अहिले पनि उही पद र श्रेणीमै काम गर्न बाध्य छन् । काममा जुन उत्साह र जोस थियो त्यो विस्तारै निराशामा परिणत हुन थालेको छ । उर्जाशिल समय सवै जाजरकोटमै वित्यो अव यहीबाट रिटायर्ड हुने हो उनले भने –‘म मेरो पेशा बाट सन्तुष्ट छु । धेरै विद्यार्थी र अभिभावकबाट गहिरो माया र श्रद्धा पाएको छु तर बढुवामा भने म निकै अन्यायमा परे ।’

उनले भारतको विहार स्थित जगदिश नन्दन कालेज मधुवनीबाट प्रथम श्रेणीमा विएस्सी उर्तिण गरेका छन् । पुर्वी तराईमा जन्मेर,त्यही शिक्षा दिक्षा लिएर हुर्केको मधेसी समुदायको मान्छे अति विकट दुर्गम जिल्ला जाजरकोटमा पहिलो पटक आउँदा छुट्टै संसारमा पुगेको अनुभुति भयो । सुर्खेतको बोटेचौरबाट पैदल हिडेर जाजरकोट पुग्नु पथ्र्यो । करीव दुई दिन पैदल हिडेर जाजरकोट खलंगा पुग्थे । त्यतिवेला धेरै दुःख थियो उनले भने –‘मैले ९ र १० कक्षामा अनिवार्य विज्ञान र ऐच्छिक गणित निरन्तर रुपमा अध्यापन गराइरहेको छु । त्यसका साथै केही बर्ष ११ र १२ कक्षा र क्याम्पसमा मेजर गणित, अर्थशास्त्रको गणित, विज्ञान शिक्षण लगायतका विषयको अध्यापन गराएँ । माध्यामिक र आधारभुत तहका विज्ञान र गणित विषयका दर्जनौ तालिम र प्रशिक्षक प्रशिक्षण तालिमहरु लिए । धेरै शिक्षकहरुलाई प्रशिक्षण पनि गराएँ । जिल्ला शिक्षा समितिबाट २०६२ सालमा उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत पनि भए ।’

क्याप्सन ः त्रिभुवन मावि खलंगा जाजरकोटमा कार्यरत शिक्षक सत्यनारायण मण्डल तस्वीर राजेन्द्र कार्की

यद्यपी, बढुवामा भने उनलाई ठुलै झड्का लाग्यो जवकी उनी भन्दा ८ जना जुनियर शिक्षक द्धितिय श्रेणीमा बढुवा भए तर उनी तृतियबाट माथि उक्लन सकेनन् । २०६६ सालमा कार्यसम्पादन मुल्याकंनबाट हुने बढुवामा जम्मै स्रोत ब्यक्तिहरु बढुवा भए । बषौं देखि नपढाएर तत्कालिन जिल्ला शिक्षा कार्यालय वरिपरि घुम्ने स्रोत ब्यक्ति बढुवा हुने तर बषौ देखि फिल्डमा खटिने शिक्षक उपेक्षित भएपछि उनले तत्कालिन क्षेत्रिय शिक्षा निर्देशनालयमा उजुरी समेत दिए । उजुरी माथि छानवीन हुँदा आफुले पेश गरेको कासमु फायल नै गायब भएको उनको गुनासो छ ।

‘फायल गायब मात्र गरिएन जिल्ला शिक्षा कार्यालयको दर्ता रजिष्टर नै नक्कली बनाएर कासमु फारम नै नभरेको देखाईयो । जवकी कि मैले प्रत्येक बर्ष प्रधानाध्यापक सँग प्रमाणित गराएर कासमु पेश गरेको थिए । यो कुराले मलाई साह्रै तनाब दियो’ उनले भने –‘अस्थायी सहित सेवा गर्न थालेको ३० बर्ष पुगिसक्यो । स्थायी भएकै १८ बर्ष भैसक्यो मैले बढुवामा अवसर पाउन सकिन । जाजरकोटबाट धेरै सिक्ने र सिकाउने अवसर पाए । तर मेरो बृत्ति विकास हुन सकेन यही कुराले मात्र विरोल्ने गर्छ । बढुवामा बदमासी भयो । निश्पक्षता भएन । चौथो तहमा नाम निकालेका मैले पढाएका विद्यार्थी अहिले सातौ तहमा पुुगि सके । छैटौ तहमा प्रवेश गरेको मान्छे १० औ तहमा पुगिसक्छ । हामी भने बषौ घोटिएर पनि उही पदमा काम गर्न बाध्य छौ । शिक्षा क्षेत्रमा दक्ष जनशक्ति भित्र्याउने हो भने शिक्षकहरुलाई पनि अन्य सेवा र क्षेत्र सरह बृत्ति विकासको अवसर दिनु पर्छ ।’

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad