राष्ट्रपतिबाट जाजरकोटका तीन ब्यक्तित्व विभुषित

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

जनसेवाको उच्च कदर प्रदान गदै नेपाल सरकारले प्रदान गर्ने विभिन्न विभुषणबाट जाजरकोटका तीन ब्यक्तित्व विभुषित भएका छन् । विहिवार एक समारोहका विच सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुर्व साँसद राजिव विक्रम शाह, उपसचिव शुरेश सुनार र स्वास्थ्यकर्मी वीरराज सिंह विभुषित भएका हुन् ।

समाजसेवा गरे वापत पुर्व साँसद शाह प्रसिद्ध प्रवल जनसेवाश्री पदकबाट विभुषित भएका छन् । त्यस्तै उत्कृष्ट कार्य सम्पादन गरे वापत गृह मन्त्रालयमा कार्यरत उपसचिव शुरेश सुनार र बारेकोट स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख स्वास्थ्यकर्मी (छैटौ तह) वीरराज सिंहलाई प्रबल जनसेवाश्री पदकबाट विभुषित गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयले यो पुरस्कारको घोषणा २०७८ सालको संविधान दिवसको अवसरमा गत असोजमै गरेको थियो । पुर्व साँसद शाहले जाजरकोटमा २०६६ सालमा महामारीको रुपमा फैलिएको झाडापखाला रोग नियन्त्रणमा निजी खर्चमा हेलिकोप्टरको प्रयोग गरि औषधी र चिकित्सक सहितका स्वास्थ्यकर्मी परिचालन गर्न सहयोेग गरेका थिए ।
त्यस्तै समस्यामा परेका नागरिकलाई सहयोग गदै आएका शाहले कोभिड १९ महामारीको बेला समेत प्रदेश अस्पतााल सुर्खेत र १० ओटै स्वास्थ्य सेवा कार्यालयलाई एक करोड बढी रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । मेरो कामको उच्च मुल्यांकन गरि मलााई सरकारले विभुषित गरेकोमा निकै खुसी लागेको शाहले बताए । उनले पदक प्रदान गर्न सिफारिस गर्ने स्थानिय प्रशासन र पदक प्रदान गर्ने गृह मन्त्रालय तथा नेपाल सरकारलाई धन्यवाद दिए ।
त्यस्तै उपसचिव सुनारले प्रमुख जिल्ला अधिकारी रुपमा बाजुरामा रहँदा उत्कृष्ट कार्य सम्पादन गरेको र अन्य जिल्ला तथा मन्त्रालयमा रहँदा पनि निकै प्रशंसा लायक काम गरेका थिए । उनी भेरी नगरपालिका १ रानागाउँ निवासी हुन् । प्रबल जनसेवाश्री पदकबाट विभुषित गरेकोमा उनले सरकारलाई धन्यवाद दिए ।
त्यसैगरी बारेकोट स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख सिंहले बारेकोटको स्वास्थ्य सेवाकोे गुणस्तर बृद्धिका लागि महत्वपुर्ण योगदान गरेका छन् । उनको कार्यकालमा बारेकोटमा स्वास्थ्य सम्बद्ध सुचकहरुको उल्लेख्य मात्रामा बृद्धि भएको छ । गत बर्ष कार्य सम्पादनमा बारेकोट स्वास्थ्य तथा सरसफाई शाखा उत्कृष्ट भएको थियो । उनकै कुशल नेतृत्वका कारण बारेकोटमा स्वास्थ्य सेवाको पहुँच विस्तार र बृद्धि भएको छ । ‘मेरो कामको उच्च मुल्यांकन गरि प्रबल जनसेवाश्री पदकबाट विभुषण गरेकोमा सम्बद्ध सवै प्रति कृतज्ञता प्रकट गर्दछु ’उनले भने ।
देशभरबाट विभिन्न विधामा विभिन्न क्षेत्रका पाँच सय बढी ब्यक्तित्वलाई विभुषित गरिएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad