खोरमा थुनिए बालकको उद्धार

राजेन्द्र कार्की । जाजरकोट

६ बर्ष देखि पशु झै खोरमा थुनिएका बालकको उद्धार गरिएको छ । जिल्लाको बारेकोट गाँउपालिका ४ रावत जिरीका १६ बर्षिय भीमराज रावतको उपचारका लागि खोरबाट उद्धार गरिएको हो । राष्ट्रिय बाल अधिकार परिषद काठमान्डौ र बारेकोट गाँउपालिकाको पहलमा उनको उद्धार गरिएको हो । राष्ट्रिय बाल अधिकार परिषदले बालकको आवश्यक उपचारको ब्यवस्था मिलाउने छ भने काठमान्डौ सम्म पठाउने ब्यवस्था बारेकोट गाँउपालिकाले गर्नेछ ।
३ वर्षको उमेरमा मानसिक सन्तुलन गुमाएका उनलाई ६ वर्ष अघि देखि पशु झैं कहिले दाम्लोमा त कहिले खोरमा बाँधेर राखिएको हो ।
गरीब परिवारमा जन्मेका भीमराजको दुई भाई र एक बहिनी छन् । उनको बुवाआमाको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । साहु ऋण गरेको पैसाले कहिले नेपालगन्ज, कहिले काठमाडौं त कहिले भारतका अस्पताल पनि धाए । तर, भीमराजको उपचार हुन सकेन ।

भीमराजलाई थुन्नका लागि उनका बाबुले बाख्राको जस्तै खोर बनाएका छन् । खोर भित्र राखेन भने घर परिवार वा जो भेटिए पनि ढुङ्गा र दाँतले आक्रमण समेत गर्ने गरेका छन् । भीमराजको उमेर बढ्दै जाँदा परिवारका मान्छे चिन्तित छन् । कुनै कुनै बेला नियन्त्रण गर्न निकै गाह्रो हुने उनका बुवा कालीबहादुर रावत बताउँछन् । उनलाई खोर भित्रै खाना र पानी दिने गरिएको विष्णुले बताए । खोर भित्र थुनिएका भीमराजले लगाएका कपडा समेत फुकाले फालिदिने गरेका छन् । उनले भने–‘छोराको उपचारका लागि काठमान्डौ लैजादैछु । छोरालाई निको बनाउन पाएको भए साह्रै खुसी हुने थियौ बुवा कालीबहादुरले भने घरबाट हिडिसक्यौ भोली काठ्मान्डौ पुग्छौ ।’ उनले छोराको उपचारका लागि पहल र सहयोग गर्ने सवैलाई धन्यवाद दिए । बालकको उपचारका लागि गाँउपालिकाको पहलमा काठमान्डौ पठाईएको अध्यक्ष महेन्द्र शाहले बताए । आर्थिक अवस्था निकै कमजोर भएकाले एक जना कुरुवा अभिभावक र विरामी बालकको खानाबस्न र उपचारको सवै ब्यवस्था मिलाईदिन राष्ट्रिय बाल अधिकार परिषदलाई अनुरोध गरेका छौ । परिषदले पनि उपचारको आवश्यक ब्यवस्था मिलाउने प्रतिबद्धता गरिपछि बालकलाई काठमान्डौ पठाएका हौ उनले भने ।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya