प्रवाह संवाददाता । जाजरकोट
सोनालिका ट्याक्टरको सोरुम जाजरकोटमा स्थापना गरिएको छ । लिला इन्टरनेशनल प्रा.लि.नेपालगञ्ज बाँकेले जिल्लाको भेरी नगरपालिका ४ बोहरामा सर्भिस सेन्टर तथा सम्पर्क कार्यालय स्थापना गरेर सोरुमको उद्घाटन गरिएको हो । वडाध्यक्ष खम्बजंग शाहले एक समारोहका विच रिबन काटेर सोरुमको उद्घाटन गरेका हुन् । जाजरकोटको सम्पर्क ब्यक्तिको रुपमा ब्यवसायी युवराज वली रहेका छन् । अव देखि जाजरकोटबाटै ट्याक्टरको खरीद गर्न सकिने भएको छ । मर्मत तथा खरीदका लागि जिल्लाबाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको ब्यवसायी वलीले बताए । ट्याक्टरको सोरुम खुलेको आफुलाई खुसी लागेको वडाध्यक्ष शाहले बताए ।