प्रवाह संवाददाता । जाजरकोट
युवाहरुका लागि एक महिने हलुका सवारी चालक तालिम सम्पन्न गरिएको छ । कारितास अष्ट्रेलिया को आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम NLRP- CYEP को आर्थिक सहयोग मा भेरी नगरपालिका ३ स्याँलामा यही फागुन २२ देखी चैत्र २२ गते सम्म तालिम सन्चालन भएको थियो ।
तालिममा समाज सुधार शान्ति यूवा क्लव भेरी नगरपालिका ३ थाप्लेका मनिस कुमार शाही, दीपक बि., अजय वली र मालिका शान्ति यूवा क्लव भेरी नगरपालिका ४ रानागाउँका यादब विक गरि ४ जनाको सहभागिता रहेको थियो ।
व्यवशायिक सीपमुलक तालिम अन्तरगत एक महिने हलुका सवारी चालक तालिम श्री अमृत ड्राईभिङ्ग ट्रेनिङ्ग सेन्टर प्रा.लि. नेपालगंज ४ कारकाँदो बाँके को साखा भेरी नगरपालिका ३ स्यालामा कुशे लघु घरेलु सहकारी संस्था लिमीटेड भेरी नगरपालिका ३ स्याँलाले तालिमको व्यवस्थापन गरेको थियो ।
तालिम समापन कार्यक्रममा भेरी नगरपालिकाका उप प्रमुख भावना भण्डारीले युवाहरु लाई सीपमुलक तालिमले रोजगारा लाग्न र आत्मानिर्भर वन्न अवसर प्रदान गर्ने बताउनु भयो । आगामि दिनमा साझेदारिमा समेत यस्ताखाले तालिम सन्चालन गर्न सकिने बताउनु भयो ।
तालिम समापनको क्रममा प्रशिक्षर्थि यादव वि.क.ले संस्थाले आफ्नो सीप विकासका लागि ड्राईभिङ्ग तालिमको आयोजना गरेर आफुहरुलाई सीप विकास गराएको बताउनु भयो । तालिमले आफुहरुलाई व्यवशायिक वन्न मौका दिलाएको उहाँको भनाई छ । समापन कार्यक्रममा पत्रकार महाँसँघका अध्यक्ष बालकुमार शर्मा,सदस्य काली वहादुर नेपाली, अस्पताल विकास समितिका पुर्व अध्यक्ष धर्मशीला बस्नेत, कुशे लघु घरेलु संस्थाका प्रवन्धक शिला नेपाली , रेडियो हाम्रो पाइलाका लिला पौडेल, तालिम प्रशिक्षर्थि,प्रशिक्षक, यार्सन का कर्मचारीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा तालिम प्रशिक्षक ड्राइभर रुद्र बिर विक. र तालिमको व्यवस्थापन गरेस्वरुप कुशे लघु घरेलु सहकारी संस्था लिमीटेड mभेरी नगरपालिका ३ स्याँलालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।