राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटमा बेवारिसे भरुवा बन्दुक फेला परेको छ । नलगाड नगरपालिका ५ कैचु जंगलमा लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो । गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायब निरीक्षक छविलाल चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।