राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको छेडागाड नगपालिकाले कर्णाली प्रदेशकै पहिलो बालमैत्री वडा घोषणा गरेको छ । बालबालिका सम्बन्धी ५१ वटा सुचक पुरा गरेपछि छेडागाड नगरपालिका वडा नम्बर ११ झाप्रालाई बालमैत्री वडा घोषणा गरेको हो । सवै बालबालिका गुणस्तरीय शिक्षाको पहुँचमा रहेका, पोषण, सरसफाई, स्तनपान, नियमित खोपका मात्रा पुरा भएको, मनोरञ्जन, सुरक्षा, खेलकुद लगायतका सुचक पुरा भए बालमैत्री वडा घोषणा गर्न सकिने प्रावधान छ ।
बाल बचाउ, बाल संरक्षण, बालबिकास र अर्थपुर्ण बाल सहभागीता, बाल मैत्री वडा घोषणा र निरन्तरता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बिद्यालय, स्वास्थ्यको पहुच, बालमैत्री धारा , बालविबाह न्युनिकरण लगाएत बालमैत्री वडा घोषणा गर्दा स्थानिय तह, प्रदेश र केन्द्र सरकारले निर्धारण गरेको ५१ वटा सुचकलाई आत्मसाथ गरी समुदायलाई सचेत गराउदै लामो समयको निरन्तर प्रयास पछि छेडागाड ११ झाप्रालाई बालमैत्री वडा घोषण गरेको बालमैत्री स्थानिय शासन वडा समितिले जनाएको छ ।
बिगत ७ बर्ष देखि छेडागाड नगरपालिका ११ झाप्रालााई बालमैत्री वडा निर्माणका लागी समुदाय, वडा सरकार र नगर सरकारले चासो दिएपछि कर्णाली प्रदेशकै पहिलो बालमैत्री वडालाई घोषणा गर्न सफल भएको छेडागाड ११ का शिक्षक कर्ण बहादुर कार्कीले बताए । २०७२ मा समिति गठन गरी बाल अधिकारका सुचकका बिषयमा समुदाय र स्थानिय सरकारसग निरन्तरता छलफल गर्दै आएका थियौ, बालमैत्री वडा निर्माण कार्य जारी राखेकै बखत पाँचतारा युवा संरक्षक मंन्च जाजरकोटले बालबालिका सम्बन्धि कार्यक्रम लागु गरेपछि थप उर्जा र हौसला आएको शिक्षक कार्कीले बताए । पाँचतारा युवा मंन्च र सेभ द चिल्ड्रेनको सहयोगमा बालमैत्री स्थानिय शासन वडा समितिले बालमैत्री सुचक पुरा गराएको हो ।
छेडागाड नगरपालिका ११ की स्वास्थ्य स्वयंसेविका बिमला थापाले सरसफाइ, स्तनपान, खोप, पोषण लगायतका स्वास्थ्य सम्बन्धी सुचक पुरा भएको बताइन । सवैभन्दा बालबाबिबाह न्युनिकरण निकै कठिन लागेको र कठिनकै बाबजुत तिन वटा बालबिबाह रोक्न सफल भएको उनको भनाइ छ ।बिगत सात बष देखि बालमैत्री वडा बनाउन देखेको सपना पुरा भएपछि खुशी लागेको थापाको कथन छ ।
छेगागाड नगरपालिकाका नगर प्रमुख लाल बहादुर महताराले कठिन चुनौति पुर्ण कार्य पारगर्दै बाल अधिकारका सुचकहरु पुरा गरि वडालाई बालमैत्री घोषणा गर्न सफल भएकोमा वडा सरकार, संस्था, नागरिक समाजलाई धन्यवाद व्यक्त गर्दै बाल अधिकार सम्वन्धिका सुचकहरु कार्यन्वयनमा नागरिक समाजको महत्वपुर्ण भुमिका हुने भएकोले निरन्तरता दिन आग्रह गरे । छेडागाड नगरपालिकाका १३ वटै वडा बालमैत्री निर्माण गर्न अभिभावकिय भुमीका निर्वाह गर्दै वडा सरकार, संस्था र नागरिक संस्थालाई आबश्यक सल्लहसुझाव दिने प्रतिबद्धता जनाए ।
बालमैत्री वडा घोषण गरि कर्णाली प्रदेशमै पहिलो भएकोमा वडा सरकार लगाएत सरोकारवाला सवै निकायलाई पाँचतारा युवा संरक्षक मंन्चका अध्यक्ष छवि पन्तले धन्यवाद दिए । बालमैत्री वडा घोषण भएपछि स्थानिय नागरिक खुसी भएको छन् । बाल मैत्री वडा अभियानमा महत्पुर्ण भुमिका निर्वाह गर्ने संघ संस्था नागरिक समाजलाई कदर पत्र प्रदान गरिएको थियो ।