स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखलाई कालोमोसो !

lagu ausadhi biruddha abhiyan jajarkot

प्रवाह संवाददाता । जाजरकोट

भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक टीकाराम जैसीलाई विप्लव नेकपा निकट युवा संगठन नेपालले कार्यकक्षमै कालो मोसो दलेर साथै जुत्ताको माला लगाएको छ । सोमबार विहान ११ बजे कार्यकक्षमा पुगेका युवा संगठन नेपालको एक टोलीले स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीलाई कालो मोसो दल्नुको साथै जुत्ताको माला लगाएका हो ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख जैसीलाई कालो मोसो र जुत्ताको माला लगाएको जिम्मा लिदै युवा संगठन नेपाल जाजरकोटले प्रेस विज्ञप्ती जारी गरेको छ । प्रेस विज्ञप्तीमा भनिएको छ–‘६ महिना लामो अध्ययन तथा अनुसन्धान पश्चात कार्यालय प्रमुख टीकाराम जैसीलाई कारबाही गरेका हौं, कार्यालय प्रमुखको जिम्मेवारीबाट तत्काल राजीनामा नदिएमा थप कारबाही गर्न बाध्य हुनेछौं ।’

युवा संगठनले निमित्त व्यवस्थापक जैसीले ५० लाख भन्दा बढि भ्रष्टाचार गरेको आरोप लगाएको छ । युवा संगठनको विज्ञप्तीमा भनिएको छ–२ करोड १२ लाखमा खरिद गरिका २५ वटा बेडबाट १० लाख, एम्बुलेन्स खरिदबाट २ लाख, एक्सरे मेशिन खरिदबाट ३४ लाख, अक्सिजन पलान्ट खरिद, ढुवानी तथा जडानबाट ५ लाख, प्रयोगशालाको छाना छाउने जस्तापाता खरिद तथा जडानमा हदैसम्मको भ्रष्चार, स्टेवलाईजर खरिदमा २ लाख गरी जम्मा ५० लाख भन्दा बढि रकम भ्रष्टाचार गरिएको उल्लेख छ । त्यस्तै अस्पतालको बर्थिङसेन्टरमा मार्वल तथा टाईल विच्छाउन सार्वजनिक सुचना प्रकाशन नगरी मिलेमोतोमा निर्माण कम्पनीसंग सम्झौता गरेको, गाउँका स्वास्थ्य चौकीहरुमा समयमै औषधि पठाउन नसकेको लगाएतका आरोपहरु लगाईएको छ ।

सबै आरोपहरु गलत र कपोल्कल्पित भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक जैसीले बताए । उनले आफुलाई कुटपिट समेत गरिएको बताए । यता जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले स्वास्थ्य कार्यालयमा भएको घटनाबारे अनुसन्धान भैरहेको बताए । उनले तीन जना पहिचान भैरहेको र कानुन हातमा लिएर अराजक गतिविधि गर्ने अन्य बारे अनुसन्धान भैरहेको बताउँदै उनीहरु विरुद्ध मुद्धा चलाइने बताए । घटनामा संलग्नको खोजी भैरहेको डिएस्पी थापाको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad