राजेन्द्र कार्की । जाजरकोट
भेरी नगरपालिकाद्धारा सञ्चालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड एवं मेयर कपको उपाधी भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नाले जितेको छ ।
विद्यालयले १० स्वर्ण, ४ वटा रजत र ४ वटा कास्य पदक गरी जम्मा १९ पदक जितेर शिल्ड जित्न सफल भएको हो । शिव शंकर माद्यामिक विद्यालय जगतिपुरले ८ वटा स्वर्ण, ४ वटा रजत र ७ वटा कास्य पदक गरी जम्मा १९ पदक जित्दै दोस्रो स्थान हात पारेको छ । यस्तै, ७ वटा स्वर्ण, ७ वटा रजत र १ वटा कास्य पदक गरी जम्मा १५ पदक सहित भगवती मावि कुदले तृतिय स्थान प्राप्त गरेको छ । तीन दिन सम्म चलेको रनिङ्ग शिल्ड एवं मेयर कपमा नगरपालिका भित्रका १० वटा विद्यालयको सहभागिता रहेको थियो । विजेता विद्यालय र खेलाडीलाई नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको भेरी नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख अमृत पुनले बताए । नगरप्रमुख चन्द्रप्रकाश घर्तीले पुरस्कार वितरण गदै खेलकुदले विद्यार्थीलाई लगनशील र अनुशाशित बनाउने बताए ।खेल गत आईतवार देखि बुधवार सम्म भेरी नगरपालिका १ रिम्नामा संचालन भएको थियो ।