भेरी ज्ञानोदय क्याम्पसमा स्नाकोत्तर तहमा नेपाली विषयको अध्यापनका लागि पहल

टुकमाया घर्ती । जाजरकोट
भेरी ज्ञानोदय क्याम्पस जाजरकोटले स्नाकोत्तर तहमा नेपाली विषय अध्यापनका लागि मध्यपश्चिम विश्व विद्यालय सँग माग गरेको छ । क्याम्पस अन्तर्गत स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकाय अन्तर्गत शैक्षिकयोजना र मुल्यांकन बिषयको कक्षा संचालन भइरहेको छ ।

स्नातकोत्तर तहको नेपाली शिक्षा विषयको आवश्यकता र माग भएको हुदाँ शैक्षिक शत्र ८९÷८०देखि नेपाली बिषयमा कक्षा संचालन गर्न मध्यपश्चिम विश्वविद्यालय, शिक्षा शास्त्र संकाय डीनको कार्यालय सुर्खेतमा स्वीकृतको लागि अनुरोध गरि निर्णय गरिएको क्याम्पस प्रमुख बलराम भन्डारीले बताउनुभयो । निर्णयमा यस क्याम्पस भारतीय राजदुतावासको सहयोगमा निर्माणाधीन शैक्षिक र प्रशासनिक भवन निर्माण सम्पन्न हुन नसकेको र क्याम्पसको शैक्षिक प्रशासनिक गतिविधिमा बाधा पुगेको हुदाँ उक्त भवनमा यथाशीघ्र सम्पन्न गरी यस क्याम्पसलाई हस्तान्तरण गर्नका लागि जिल्ला समन्वय समितिलाई समेत अनुरोध गरिएको भन्डारीले बताउनुभयो ।

शिक्षा सम्बन्धि सरोकार राख्ने व्यक्तिहरुलाई बैठकमा सम्बोधन गरिएको थियोे । भेरी ज्ञानोदय क्याम्पसका प्रमुख बलराम भन्डारीको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही ,जिल्ला समन्वय समितिका अध्यक्ष मन बहादुर रावल,राजनीति दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संघका अध्यक्ष कर्ण खत्री ,नगर शिक्षा प्रमुख अमृत पुन,बिद्यार्थीहरु पत्रकार ,जिल्ला शिक्षक महासंघका अध्यक्ष आशा कार्कीको समेत सहभागीता रहेको थियो।जिल्लामै शिक्षाशास्त्र नेपाली बिषय पढ्न पाइने हुदाँ जिल्लाबाहिर नेपालगन्ज ,सुर्खेत ,काठमाडौ लगायतका ठुला सहरमा पढ्नुपर्ने बाध्यता हट्ने आफ्नै ठाउँमा पढ्न पाउँदा आर्थिक अभावसमेत कम हुने जिल्ला शिक्षकसघंका अध्यक्ष आशा कार्कीले बताउनुभयो।

bhumi-sanrakshyan
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya