April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

भेरीमा नगरस्तरीय बाल संजाल गठन

प्रवाह संवाददाता । जाजरकोट

बाल मैत्री नगरपालिका निर्माणको अभियानमा रहेको भेरी नगरपालिकाले प्रथम नगरस्तरीय बाल भेला सम्पन्न गरि नगरस्तरीय बाल सञ्जाल निर्माण गरेको छ । सन २०२५ सम्म नगरपालिकालाई बाल मैत्री नगरपालिका निर्माण गर्ने अभियानमा रहेको नगरपालिकाले १३ वटै वडाका वडा स्तरीय सञ्जाल वाट प्रतिनिधित्व गराई नगरस्तरीय बाल सञ्जाल निर्माण गरेको हो ।

यस अघि नगरपालिकाले १३ वटै वडामा रहेका वाल क्लव हरुको प्रतिनिधित्वमा वडा स्तरीय बाल सञ्जाल निर्माण गरेको थियो । १३ वटै वडा वाट गरि ४० जना बालबालिकाहरुको सहभागितामा भएको भेलाले त्रिभुवन आधार भुत विद्यालय रीसाङ्गका छात्रा कविता वली को अध्यक्षतामा १९ सदसीय नगर स्तरीय बाल सञ्जाल गठन गरेको छ । जसको उपाध्यक्षमा शिव मा.वि. कालेगाउँका शर्मिला सुनार र शिव शंकर मावि. जगतिपुरका विवेक आचार्य,सचिवमा निमराज विश्वकर्मा रहेका छन । सह सचिवमा विनोद विश्वकर्मा र विजय मा.वि. काफलचौरका समिरा गौतम रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा त्रिभुवन मावि.का लोकेन्द्र केसी,कस्तुरी सहकारी बोर्डीङ्ग का निशान्त खनाल,बुद्धि आधारभुत विद्यालयका अनिशा चन्द, वाग्यश्वरी आ.वि.पीपेका गेस्मति राना, भेरी त्रिवेणी मा.वि रीम्नाका शुनील रावत रहेका छन । अन्य सदस्यहरुमा दिपेन्द्र मा.वि. कालाभुरका प्रेमिका कार्की, दिपेन्द्र मा.वि.पुन्माका पुस्पकमल शाही,भगवति मा.वि कुदुका निरज चन्द,नविना न्यौपाने,मष्टा आ.वि.गीमाका अस्तर शाही,विक्रम शाही, पुस्पा शाही रहेका छन् ।
भेरी नगरपालिका वडा नं ११ का वडा अध्यक्ष लक्ष्मी प्रशाद शर्माको अध्यक्षतामा भएको भेलामा वालमैत्रि नगरपालिका अभियान्ता राजेन्द्र विक्रम शाह र सहदेव बस्नेतले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा कारितास नेपालको सहयोगमा युवा जागरण विकास केन्द्र नेपाल – यार्सन जाजरकोट द्धारा सन्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशील परियोजना,बालबालिका तथा युवा सशक्तिकरण कार्यक्रम र पहाडी क्षेत्र विकास अभियानको पहुँच परियोजनाको साझेदारि तथा समन्वय रहेको थियो ।

भेरी नगरपालिकाका महिला तथा बालबालिका साखा प्रमुख विपना पौडेलले यस वर्षको कार्यक्रम अन्तरगत पहिलो चरणको १३ वटै वडा र नगरस्तरिय संजाल निर्माण को महत्वपुर्ण चरण सम्पन्न भएको बताउनु भयो । अव सवै निर्माण भएका वडा तथा नगरस्तरीय संजालहरुको क्षमता अभिवृद्धिको कार्यक्रम मसन्चालन गरिने प्रमुख पौडेलको भनाई रहेको छ ।

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तिले बालबालिकालाई प्राथमिकतामा राखेर सन्चालन गरिरहेको बाल मैत्रि स्थानीय शासन कार्यक्रम ले बालबालिकाहरुको हितमा प्रभाव पार्ने बताउनु भयो । बालबालिकाका संस्थागत संरचनाहरु निर्माण हुनु काल विकासको यसको दिगो पनको रुपमा आफुले लिएको नगर प्रमुख घर्तिको भनाई छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad