जाजरकोटका सातै पालिकामा काँग्रेसको प्रशिक्षण, कार्यकर्ता उत्साहित

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस जाजरकोटले जिल्लाका सात वटै स्थानिय तहमा अगुवा कार्यकर्ता प्रशिक्षण संचालन गरिरहेकोा छ । आसन्न स्थानिय तहको चुनावलाई लक्षित गरि काँग्रेस जाजरकोटले जिल्लाका सवै नगरपालिका र गाँउपालिकामा रहेका आफ्ना अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको हो । गत फागुन २१ गते शिवालय देखि शुरु भएको प्रशिक्षण कार्यक्रम आगामी २८ फागुनमा कुशेमा पुगेर समापन हुनेछ । प्रशिक्षणबाट कार्यकर्ता उत्साहित भएका छन् ।

केही समय पहिले बसेको पार्टीको जिल्ला कार्य समितिको बैठकले अगुवा कार्यकर्तालाई प्रशिक्षण प्रदान गर्न उपसभापतिको खडक विसीको संयोजकत्वमा ६ सदस्यीय एक प्रशिक्षण समिति गठन गरेको थियो । सोही समितिको सहजिकरणमा स्थानिय पालिकाको आयोजनामाा प्रशिक्षण कार्यक्रम संचालन भैरहेको पार्टी सभापति बेदराज सिंहले बताउनुभयो । पार्टीबाट उम्मेदवार रहेका सवैलाई विजयी गराउनका लागि कार्यकर्ता जागरुक बनाउन प्रशिक्षणको आयोजना गरिएको हो सभापति सिंहले भन्नुभयो ‘आगामी बैशाख ३० गते हुने स्थानिय तहको चुनावमा जिल्लाका सवै पालिका र वडामा काँग्रेसका उम्मेदवार जिताएर जाजरकोट काँग्रेसमय बनाउने हाम्रो अठोट र संकल्प छ । हामी जित्यौ भने मात्र जनताका काम गर्न सक्छौ । कम्युनिष्ट जस्तो हामी आश्वासन मात्र बाँड्दैनौ गरेर देखाउँछौ भन्ने कुराको प्रमाण कुशे र बारेकोट गाँउपालिकामा हाम्रा साथीहरुले गरेका काम हेर्न आग्रह गछौ ।’

उहाँले कुनै पनि कार्यकर्तालाई अन्याय हुन नदिने बताउनुभयो । जो जनता माझा लोकप्रिय छ ,जसले चुनाव जित्छ, उसैले टिकट पाउँछ । पार्टीमा कुनै विभेद हुदैन । तपाईहरु ढुक्क भएर संगठन निर्माणमा लाग्नुहोस उचित मुल्यांकन हुन्छ उहाँले भन्नुभयो ।

अगुवा कार्यकर्ताहरुलाई नेपालको निर्वाचन इतिहास र तहगत संरचनामा निर्वाचन तथा समसामयिक राजनितिमा विषयमा उपसभापति खडक विसी, चुनावी रणनिति विषयमा सहसचिव छवि पन्त, नेपाली काँग्रेसको विधान सम्बन्धमा सदस्य जनक केसी, नेपाली काँग्रेसको इतिहास र आर्दशहरु विषयमा सहसचिव खडक विसी, असल नेतृत्वका गुणहरु विषयमा सदस्य रीता पुन र द्धन्द, शान्ति र विकास विषयमा महासमिति सदस्य मैना कार्कीले प्रशिक्षण प्रदान गरिरहेको पार्टी प्रबक्ता छवि पन्तले बताउनुभयो  ।

पार्टी प्रशिक्षण कार्यक्रममा प्रदेश स्तरीय तथा जिल्ला स्तरीय नेताहरु समेत पुग्ने गरेका छन् । नेपाली काँग्रेस प्रदेश समितिका सभापति ललित जंग शाही, उपसभापति सनत कुमार कार्की र महामन्त्री निरन्जन केसी भेरीको मंगलवार आयोजित कार्यकर्ता प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश सभापति शाहीले सवै कार्यकर्ताहरुलाई एकजुट भएर चुनावमा आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन निदेशन दिनुभएको छ ।
धेरै समयको अन्तराल पछि जाजरकोट काँग्रेसले प्रशिक्षण कार्यक्रम राखेकोमा अगुवा कार्यकर्तामा उत्साह छाएको कार्यसमिति सदस्य सीता जैसीले बताउनुभयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad