एम्नेष्टी इन्टरनेशनल जाजरकोट ग्रुपको संयोजकमा शाह

टुकमाया घर्ती
माघ १८जाजरकोट

एम्नेष्टी इन्टरनेशनल ग्रुप जाजरकोट दोस्रो साधारण सभाको संयोजक पदमा खम्ब जङ्ग शाह निर्विरोध चयन भएका हुन् ।  उप संयोजक पदमा धनसरा सिंह शाही,सचिव पदमा बाल कुमार शर्मा ,सह–सचिवमा मुकुन्द प्रसाद शर्मा ,कोषाध्यक्षमा खुमकली डाङ्गी ,सदस्यहरुमा क्रममा राजेन्द्र बहादुर कार्की , शाकेन्द्र बिक्रम शाह , शत्रुधन कुमार भडेल,किशोर कृष्ण भण्डारी गरेर ९जना कार्यसमितिको चयन गरिएको हो।

 

bhumi-sanrakshyan

सोमबार गरिएकोसाधारण सभाको कार्यक्रममा नयाँ सदस्य समिति चयन गरिएको खम्ब जङ्ग शाहले जानकारी दिए।कार्यक्रमको सञ्चालन रम्बा होटलमा गरिएको थियो। एम्नेस्टी इन्टरनेशनल जाजरकोटले केही समय अघि ग्रुप ७७ को रुपमा केन्द्रबाट मान्यता पाएको थियो । करीव तीन बर्ष अघि राजेन्द्र बहादुर कार्कीको संयोजकत्वमा गठन भएको निर्माणाधिन समुहले गत भदौमा बैधानिकता पाएको हो । ग्रुप ७७ का संयोजक कार्कीको अध्यक्षतामा भएको साधारण सभाको केन्द्रिय अध्यक्ष विक्रम धुकुछुले भचुुअल माध्यामबाट उद्घाटन गदै शुभकामना मन्तब्य राखेका थिए । साधारण सभामा सचिव बालकुमार शर्माले पेश गरेका आर्थिक तथा संगठनिक प्रतिवेदन पारित गरिएको थियो ।

मानब अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाको प्रगतिको कामना गदै नेपाल मानव अधिकार संगठन जाजरकोटका अध्यक्ष केदारबहादुर शाहले शुभकामना मन्तब्य राखेका थिए । साधारण सभाले नयाँ कार्य समिति चयन गदैै सम्पन्न भएको हो । नयाँ कार्य समितिका पदाधिकारीलाई सपथ ग्रहण गराउँदै निर्वाचन समितिले प्रमाण पत्र समेत प्रदान गरेको निर्वाचन समितिका संयोजक कृष्णराज श्रेष्ठले जानकारी दिए ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya