स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्या बढ्दै

lagu ausadhi biruddha abhiyan jajarkot

टुकमाया घर्ती । माघ १८ जाजरकोट ।

जिल्ला अस्पताल जाजरकोटमा सुत्केरी हुन आउनेको संख्या बढेको छ । गएको बर्ष दुई सय ४१जना महिलाहरु जिल्ला अस्पताल जाजरकोटमा सुत्केरी हुन आएका थिए । जिल्ला अस्पताल जाजरकोटमा कार्यरत सि.एन.एम.नारायणी शाहका अनुसार आफ्नो १९औ बर्षका अनुभवमा गएका बर्षहरु भन्दा धेरै महिलाहरुले अस्पतालमै बच्चा जन्माउने गरेका छन् ।

बारेकोट गाउपालिका ९सक्लाकी राधिका बि.कले दोस्रो सन्तानलाई जन्म दिन अस्पताल पुगेकी थिइन् ।बच्चा जन्मने मिति भन्दा एक हप्ता पहिले देखि नै पेट र ढाड दुख्ने समस्या भयो । रगत देखिएपछि डरले अब त मरिने भो भन्ने पिरले सताएको थियो । छिटोभन्दा छिटो अस्पतालमा आए र आफ्नो तथा बच्चाको ज्यान बचेको बताइन् ।

भेरी नगरपालिका १पिपेकी गीता पुन पनिबच्चा जन्माउन अस्पताल पुगेकी हुन् बि.क र पुन त एउटा प्रतिनिधि पात्र मात्र हुन् ।आजभोली बच्चालाई अस्पताल वा नजिकैको स्वास्थ्य केन्द्रमा बच्चा जन्माउने संख्यामा वृद्धि भएको देखिन्छ । एक महिनामा १६÷१७जना अस्पताल बच्चा जन्माउन आउने गरेका शाहले बताइन् । बिस्तारै गाउँ घरमा जनचेतना बढेसगै स्वास्थ्यचौकी तथा अस्पतालमा गर्भवती तथा सुत्केरीहरुले लिने सेवा बढ्दै गरेको हो। अस्पतालमा सुत्केरी हुन आउदा दुई हजार रुपैया दिने गरिएको छ । ८ सय रुपैयाँ गर्भजाचँ गरेमा २ हजार प्रदेश सरकारले समेत थप पोषण भत्ता दिने गरेको छ । साथै अस्पतालबाट न्यानो झोला समेत दिने गरिएको डाक्टर औंसर शिहं राठौरले जानकारी दिए । अस्पताल जटिल अवस्थामा समेत सुत्केरी हुन आएका आमा तथा बच्चाको अस्पतालमै सफल शल्यक्रियाबाट समेत बच्चा तथा आमाको ज्यान बचाउन सकेको राठौरले जानकारी दिए ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad