वाईपीको चरम लापरवाहीले भेरी पुल अलपत्र

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

निर्माण कम्पनीको चरम लापरवाहीले पुर्व पश्चिम जोड्ने बैकल्पिक राजमार्गमा निर्माणाधिन मोटरेबल पुल १० बर्ष देखि अलपत्र परेको छ । मध्यपहाडी राजमार्गको जाजरकोट र रुकुम पश्चिमलाई जोड्ने भेरी नदी माथि बन्नु पर्ने पुल निर्माण कार्य सुरु गरेको १० बर्ष वितेपनि पुल निर्माण हुन सकेको छैन । पुल निर्माण नहुँदा सिधा यातायात सेवा समेत संचालन हुन सकेको छैन ।

रुकुमपश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदी पुल निर्माण अलपत्र परेको छ । पुल निर्माणमा भएको ढिलाईले रुकुम र जाजरकोट दुई जिल्लाको सडक सञ्जाल जोडिन सकेको छैन । २०६९ मा पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो । निर्माण कार्यको जिम्मा लिएको वाईपी कन्ट्रक्सन प्रा.ली. ललितपुरको लापरबाहीले अहिलेसम्म दुई वटा पिलरको आधा काम पनि भएको छैन । १३ करोड ४७ लाख लागतमा उक्त पुल निर्माणको ठेक्का पाएको वाईपीले ३ वर्षभित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । पिलर ठड्याउने डिजाइन नमिलेको बहाना गराएर निर्माण कम्पनीले काम बिचमै अलपत्र छोडेको छ ।

पुल निर्माणमा भएको ढिलाईले यस क्षेत्रकै विकास निर्माणमा बाधा पुगेको राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले बताए । हालसम्म काम नगर्ने ठेकेदारलाई आवश्यक कारवाही गरि तत्काल पुल निर्माण गर्नु पर्ने शर्माको भनाई छ ।

बर्षौ वितिसक्ता पनि ठेक्दारको चरम लापरबाहीका कारण पुल निर्माण अलपत्र परेको भेरी नगरपालिका–१३ का वडा अध्यक्ष गोपालबहादुर बटालाले बताएका छन् । लामो समयदेखि पुल नबन्दा व्यापार व्यवसायमा समेत ठुलो असर परेको उद्योग वाणिज्यसंघ चौरजहारीका अध्यक्ष प्रेम सुनारको भनाइ रहेको छ । छिटोछरीतो पुल निर्माणका लागि सम्बन्धित पक्षलाई पटक पटक अनुरोध गरेता पनि व्यवसायीले अटेरी गर्दा समस्या भोग्नु परेको अध्यक्ष सुनारको बताए ।

सय मिटर लम्बाइ रहेको उक्त पुल नबन्दा स्थानीयहरु सकसपूर्ण लामो यात्रा गर्न बाध्य भएका छन । त्यस्तै पुल निर्माणको काम अलपत्र पर्दा चौरजहारीमा नयाँ शहर निर्माण आयोजनाको काम समेत प्रभावित बनेको छ । सरकारले ठेक्का तोड्ने भन्दा पटक–पटक म्याद थप्दा समेत ठेकेदारले पुल निर्माणको काम नगरेको देखिन्छ स्थानिय बासुदेव शर्माले भने बषौ सम्म पुल अलपत्र हुँदा पनि कसैलाई चासो छैन ।

 

मध्यपहाडी लोकमार्ग आयोजनाले जाजरकोट र रुकुम खण्डमा कालो पत्रेको काम अन्तिम चरणमा पुगेको छ तर, पुल नबन्दासम्म रुकुम–जाजरकोट सीधा यातायात सम्बन्ध विस्तार हुन सकेको छैन । यसबाट दुवै जिल्लाको विकास निर्माणमा ठुलो बाधा पुर्याएको बताईएको छ । पुल बने पूर्व इलामको चियाभन्ज्याङ्ग हुँदै पश्चिम दार्चुला झुलाघाटसम्मको मध्यपहाडी लोकमार्ग आयोजनाको दूरी छोटिने छ । यो पुल निर्माण भए पूर्व–पश्चिम जाजरकोट, दैलेख, बागलुङ्ग, काठमाडौं लगायत जिल्लाको यात्रा सहज हुने छ । काठ्मान्डौ र पोखरा देखि पश्चिम रुकुम सम्म सिधा यातायात संचालनमा आईसकेको भएपनि पुल नबन्दा जाजरकोट देखि पश्चिम तर्फको यातायात सेवा प्रभावित भएको छ । यो पुल बनेपछि जाजरकोट–काठ्मान्डौ करीव ६ घण्टा यात्रा छोटो हुने भएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad