जाजरकोट काँग्रेसको प्रबक्तामा युवा नेता पन्त

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेस जाजरकोटको पार्टी प्रबक्तामा युवा नेता छवि पन्तलाई जिम्मेवारी दिइएको छ । नेपाली काँग्रेस जाजरकोटले सहसचिव समेत रहेका युवा नेता पन्तलाई प्रबक्ताको जिम्मेवारी दिएको हो । नेपाली काँग्रेसको विधान २०१७ ( संसोधन सहित) पार्टी सभापति बेदराज सिंहले पन्तलाई प्रबक्तामा मनोनयन गरेका हुन् ।

नलगाड नगरपालिका ४ लहँमा जन्मिएका पन्त नेपाल विद्यार्थी संघको राजनितीबाट पार्टी राजनितिमा प्रवेश गरेका हुन् । २०६५ सालमा त्रिभुवन माबि खलंगा,नेबि संघ ईकाई उपसभापति हुँदै विद्यार्थी राजनितिमा सक्रिय पन्त २०६६ सालमा नेबिसंघ क्षेत्रिय सभापति (तदर्थ सभापति), भेरि ज्ञानोदय क्याम्पस ईकाई सभापति –२०६७, नेबिसंघ जिल्ला उपसभापति–२०६९, भातृ संस्था परिचालन तथा समन्वय प्रमुख,जाजरकोट क्षेत्र नं १, (२०७० चुनाबि प्रयोजन), तेह्रौ महाधिबेशनमा क्षेत्रिय सचिब,जाजरकोट प्रदेश क र १४ औ महाधिवेशन अन्र्तगत गत मंसिरमा सम्पन्न जिल्ला अधिवेशनबाट सहसचिवमा निर्विरोध सहसचिव निर्वाचित भएका हुन् ।

bhumi-sanrakshyan

२०७४ सालमा नलगाड नगरपालिकामा मेयर पदको उम्मेदवार रहेका पन्त थोरै मतान्तरले पराजित भएका थिए । युवा माझ लोकपिय छबि बनाएका छवि बौद्धिक, कुटिल र कुशल संगठनकर्ताको रुपमा परिचित छन् । पार्टीका महत्वपुर्ण निर्णय, निति र योजनाबारे सार्वजनिक रुपमा जानकारी दिने महत्वपुर्ण कार्य प्रबक्ताको हुने गरेको छ ।आफुलाई पार्टीले दिएको जिम्मेवारी र विश्वासलाई कुशलतापुर्वक निर्वाह गर्ने नेता पन्तले बताए । .
यसैवीच नेपाली काँग्रेसका उपसभापति खडग विसीलाई अनुशासन समितिको संयोजकको जिम्मेवारी दिईएको छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya