कर्मचारी कोरोना संक्रमित भएपछि भेरी नगरपालिकाको सेवा बन्द

माया पन्त । जाजरकोट

जाजरकोटको भेरी नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणबाट २१ जना कर्मचारी सङ्क्रमित भएपछि माघ १८ गतेसम्मका लागि नियमित सेवाहरू बन्द गरिएको नगरपापालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनिश शाहले बताउनु भएको छ ।

एकै पटक धेरै कर्मचारी सङ्क्रमित भएको र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्न सक्ने भएकाले पाँच दनिसम्मको लागि सेवा बन्द गरिएको हो । स्वास्थ्य तथा एम्बुलेन्स, शव वहान सेवा भने बन्द सन्चनलनमा रहने जनाइएको छ ।
भेरी नगरपालिका स्वास्थ्य शाखाका यज्ञप्रसाद गौतम कोरोना संक्रमण धेरै बढेको बताउनु हुन्छ । भेरीको नगर स्वास्थ्य शाखा, कुदु, पुन्मा र भुर स्वास्थ्य थौकीमा चेकजाँचसँगै एन्टिजेन परीक्षण भइरहेको गौतमको भनाइ छ ।

bhumi-sanrakshyan

जाजरकोटमा केही दिनयता कोरोनाका बिरामी घरघरमा थला परेका छन । चेकजाँच गराउनेहरूमा ५० प्रतिशत बढीमा संक्रमण देखा पर्ने गरेको छ । संक्रमण पुष्टि भएकाहरू भरमै होम आइसोलेसनमै बस्ने गरेका छन । केहि महिना कोरोना संक्रमित शून्य रहेको जाजरकोटमा कोरोनाको तेस्रो लहर फैलिएपछि कोरोना संक्रमण दर बढेको छ । अहिले मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेका छन । जिल्लामा सक्रिय संक्रमित एक सय बढी पुगेका छन ।

जाजरकोट जिल्लाकाे मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत सञ्चालन रहेकाे भेरी ज्ञानाेदय क्याम्पसकाे सेवन प्रवा बन्द गरिएको छ ।विद्यालयले निकालेकाे सुचनामा प्रधानध्यापक सहित अन्य कर्मचारीहरूलाई समेत काेराेना देखिएकाे थियोे । प्राध्यापक सहित अन्य कर्मचारीहरुमा कोरोना भाईरस संक्रमण पुष्टीभएपछि विद्यालय१हप्तासम्म बिद्यालयका सम्पूर्ण कार्य बन्द गरिएको क्याम्पस प्रमुख बलराम भन्डारीले जानकारी दिए। माघ १४गते शुक्रबारदेखि माघ २० बिहीबार सम्म बिद्यालयका सबै सेवा बन्द गरिएको भन्डारीले बताए। उनका अनुसार एन्टिजिन परिक्षण गर्दा आफु सहित अन्य कर्मचारीमा कोरोना भाईरस संक्रमण पुष्टी भएकाे थियाे।बिद्यालयले एक सूचना जारी गर्दै क्याम्पसले सेवा प्रवाह बन्द भएको जानकारी दिएको छ ।
lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya