जाजरकोटमा २३ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

माया पन्त । जाजरकोट
जाजरकोट जिल्लामा २३ हजार २० जना बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्यभन्दा बढी बालबालिकालाई सो खोप लगाइएको हो । पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका सात वटा स्थानीय तहका ७७ वटा वडाका विभिन्न दुई सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा खोप लगाइएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर शान्तबहादुर बुढाले बताउनु भएको छ ।

उहाँका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोप दिएको बुढाले भन्नु भयो । बारेकोटमा २ हजार ६ सय ३१, कुशेमा २ हजार ९ सय १०, जुनीचाँदेमा ३ हजार १ सय ४३, छेडागाडमा ५ हजार ९९, शिबालयमा १ हजार ४ सय ५६, भेरीमा ४ हजार ३ सय ११ जना र नलगाडमा ३ हजार ६ सय ५१ जना अर्था १०२.०२ प्रतिशत बालवाकिाले मोडर्ना खोप लगाएका छन । जाजरकोटमा गत २०७७ माघदेखि हालसम्म विभिन्न चरणमा गरी ८६ हजार २ सय ४४ जना नागरिकलाई पहिलो र ६५ हजार ४ सय ७२ जनालाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप लगाएको बुढाले जानकारी दिनुभयो ।

पहिलो चरणमा बारेकोटमा ८ हजार ८ सय ८९, कुशेमा ८ हजार ४८, जुनीचाँदेमा ९ हजार ९३, छेडागाडमा १७ हजार २ सय ८३, शिबालयमा ५ हजार ८ सय ८६, भेरीमा २१ हजार ५ सय २४ जना र नलगाडमा १५ हजार ७ सय १५ जना अर्थात ६५.२० प्रतिशत तथा दोस्रो चरणमा ४९.४३ प्रतिशतर्ले कोभिड–१९ विरुद्धको खोप लगाएको खोप सुपरभाइजर बुढाले जानकारी दिनु भएको छ । अहिले कोरोना विरुद्धको खोप अभियान जिल्लाका सात वटै पालिकामा निरन्तर रुपमा भइरहेको छ । पछिल्लो समयमा कोरोना विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका स्थानीय पालिकाहरूको सक्रियता बढेर गएको बुढाको भनाई छ । अहिले विभिन्न खोप केन्द्रहरूमा कोरोना विरुद्धको खोप लिनेहरूको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो पटक देखा परेको कोरोनाका नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण भेटिन थालेपछि जाजरकोटका सर्वसाधारणमा खोप लिनु पर्ने रहेछ भन्ने मान्यताको विकास हुन थालेको देखिन्छ ।

bhumi-sanrakshyan

खोप नलिएका १८ वर्षमाथिका नागरिकलाई खोप लगाइने व्यवस्था गरिएको छ बुढाले जानकारी दिनुभयो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya