पहाडी द्धारा स्वास्थ्य सेवा कार्यालयलाई कोभिड प्रतिकार्य सामग्री सहयोग

राजेन्द्र कार्की । जाजरकोट

पहाडी क्षेत्र विकास अभियान जाजरकोटले स्वास्थ्य सेवा कार्यालयलाई कोभिड प्रतिकार्य सम्बन्धी स्वास्थ्य सामग्री सहयोग गरेको छ । पहाडीले कोभिड महामारीबाट बच्न साढे चार लाख रुपैयाका आवश्यक सामग्री सहयोग गरेको हो ।

 

bhumi-sanrakshyan

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियानले स्वास्थ्य सेवा कार्यालयलाई अक्सिजन कन्सेन्ट्रेटर १० लिटरका चार थान, बेवी वारर्मर एक थान, सर्जिकल मास्क पाँच हजार थान, पल्स अक्सिमिटर १० थान, लिक्वीड डिटोल सोप दुई सय एमएल ५० बोत्तल लगायतका सामग्री सहयोग गरिएको पहाडी क्षेत्र विकास अभियानका कार्यकारी निर्देशक रणबहादुर कार्कीले बताए ।

 

स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक टीकाराम जैसीलाई पहाडीका कार्यकारी निर्देशक कार्कीले कोभिड सामग्री हस्तान्तरण गरेका हुन् । चार लाख ५९ हजार रुपैयाका महत्वपुर्ण कोभिड प्रतिकार्य सम्बन्धि सामग्री हस्तान्तरण भएका हुन् । तेस्रो भेरियन्टको संभावित जोखिम संग जुध्न आवश्यक सामग्री सहयोग गरेकोमा स्वास्थ्य सेवा ब्यवस्थापक जैसीले सेभ र पहाडीलाई धन्यवाद दिए । सवैको हातेमालोबाट नै कोभिड विरुद्धको लडाईमा सफलता मिल्ने जैसीको भनाइ छ । यस अघि पनि पहाडीले स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya