जाजरकोटमा सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना

lagu ausadhi biruddha abhiyan jajarkot

बद्री पन्त । जाजरकोट
जिल्ला प्रशासन कार्यालयमा आइतबार देखि सुरक्षित आप्रवासन सहायता कक्ष सन्चालन आएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा उक्त कक्ष सन्चालनमा आएको हो ।

प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले बैदेशिक रोजगारीमा जाने युवायुवती लगाएतलाई टेवा पुग्ने बताउनु भयो । सचेतना अभावमा विदेश जानेहरुले धेरै दुख पाउँनु परेको छ । विदेश जानु पर्व केही जानकारी हाँसील गरेर मात्र विदेश जानु पर्ने प्रजिअ देवकोटाले बताउनु भयो । बैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संथागत पहल, आबश्यक प्रमाणहरु सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्व तयारीको अवलम्वन, क्षतिपूर्ति र बिदेशमा सम्पर्क र समन्वय लगाएत कुराको ज्ञान हाँसिल गरेर मात्र विदेश जानु पर्ने देवकोटको भनाइ छ । सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ ।

 

टेलिभिजन मार्फत बैदेशिक रोजगारी सम्वन्धी सचेतना मुलक भिडियो देखाइने छ भने बुकलेट पेपर अध्ययनका लागि राखिएको छ । बैदेशिक रोजगारी जानेहरुले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने तथा बनाउने छन । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा, प्रहरी नायब उपरिक्षक मधुकमार थापा, राष्ट्रिय अनुसन्धान प्रमुख ओम खड्का, भेरी ४ का वडा अध्यक्ष खम्बजंग शाह, पूर्वाधार विकास कार्यालयका प्रमुख प्रविन कार्की, खानेपानी उर्जा तथा सिचाइ विकास कार्यालयका प्रमुख ज्वालाराज शाही, पत्रकार मंहासंघका अध्यक्ष बालकुमार शर्मा लगाएको सहभागिता रहेको थियो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad