प्रवाह संवाददाता । जाजरकोट
अखिल नेपाल शिक्षक संगठन जाजरकोटको दोश्रो जिल्ला भेला आइतवार भेरी नगरपालिका १ रिम्न सहिद स्मृति भवनमा सम्पन्न गरेको छ । भेलाले रुद्रबहादुर वलिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिती सदस्य चयन गरेको छ ।
समितिको उपाध्यक्ष शोभा अधिकारी, सचिव टेकबहादुर मल्ल, सह सचिवमा बेद बहादुर वलि र कोषाध्यक्षमा चन्द्रा बोहरा ( वलि ) चयन हुनुभएको छ । सदस्यहरुमा निबर्तमन श्रोत ब्यक्ती मणिराम पोख्रेल, रेशम सुनार, बिनोद सहनी लगाएत १० जना सदस्यहरु चयन हुनुभएको छ । नवनिर्बाचित अध्यक्ष रुद्रबहादुर वलिले मन्तव्य राख्दै भन्नू भयो “मैले कुनै पद खोजेको होइन बरु पदले मलाइ खोजेको हो भन्ने ठानेको छु । यसलाइ चुनौती र अवसर दुबै ठानेको छु । शैक्षिक समस्या र पेशागत हकहितको मुद्दाको सवालमा बिगत देखि नेतृत्व गर्दै आएको गौरवशाली इतिहास बोकेको सबैको आशा भरोसाको केन्द्र बिन्दु अखिल नेपाल शिक्षक संगठनको नेतृत्व गर्ने जिम्मेवार आज मेरो काधमा आएको छ । आफ्नो क्षमताले भ्याएसम्म जाजरकोटको शैक्षिक रुपान्तरण र पेशागत हकहितको पक्षमा निरन्तर लाग्ने प्रतिबद्ध गर्छु । जाजरकोट जिल्लाका बिधामान शैक्षिक बिकृती र बिसङतीका बिरुद्द जुनसुकै स्तरको कदम चाल्न पछि नहट्ने प्रतिबद्ध ब्यक्त गर्दछु । धेरै ठुला कुरा भाषणमा मात्र सिमित नरही शैक्षिक रुपान्तरणको लागि आगामी कामले नै जवाफ दिनेछ ।“
संगठनका जिल्ला अध्यक्ष ललित बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य अच्युत प्रसाद शर्मा हुनुहुन्थ्यो ।
सङठनका केन्द्रिय सदस्य लक्ष्मण वलिको विशेष उपस्थिती थियो । विशेष अथितिका रुपमा नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका प्रतिनिधि एबम भेरीनगरपालिका इन्चार्ज क हिमाल, कुशे इन्चार्ज क रेडियम र नलगाड स इन्चार्ज, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बिराजन शाहीको विशेष उपस्थिती भएको थियो । भेलामा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी अच्युत प्रसाद शर्माले अखिल नेपाल शिक्षक संगठन जाजरकोटको इतिहास, शैक्षिक समस्या , चुनौती र भावी रणनीतिको विशयमा महत्वपुर्ण भनाइ राख्नुभएको थियो । अर्का केन्द्रीय सदस्य लक्ष्मण वलिले शैक्षिक बिकृती बिसङतीका बिरुद्ध कुनै सम्झौता नगरी अघि बढ्ने बताउनु भएको थियो । कार्यक्रममा पार्टी प्रतिनिधि क हिमाल र अखिल क्रान्तिकारिका केन्द्रिय सदस्य बिराजन शाहिले सम्बोधन गर्नुभएको थियो ।
नवनिवाचित समितिलाइ बधाई मन्तव्य राख्दै पार्टी प्रतिनिधि क हिमालले शैक्षिक बिकृती विरुद्ध कठोर बन्न आग्रह गर्दै शैक्षिक रुपान्तरणको आन्दोलनलाइ पार्टीको सहयोग समर्थन रहने कुरा स्पष्ट पार्नु भयो ।