राजेन्द्र कार्की । जाजरकोट
डेढ लाख राशीको भलिबल प्रतियोेगिता मालिका कम्प्युटर टे«ड लिंकले जितेको छ । जाजरकोट सदरमुकाम खलंगामा भएको रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम आयोजित खुला पुरुष भलिबल खेलमा झर्रा युवा क्लब जुनीचाँदेलाई ३–१ को सेटमा हराउँदै मालिका कम्प्युटरले उक्त पुरस्कार हात पारेको हो ।
२५–२०, २५–१९, २१–२५ र २५–१९ को सेटमा मालिकाले खेल जितेको हो ।
नौ टिम सहभागि भएको सेमीफाइनल खेलमा मालिकाले प्रहरीलाई र झर्रा युवा क्लबले नेपाली सेनाको टिमलाई हराएर फाइनलमा पुगेका थिए । विजेता टिमलाई नगद एक लाख ५५ हजार पाँच सय ५५ रुपैया र प्रमाणपत्र प्रदान गरिको छ । त्यस्तै उपविजेतालाई ८५ हजार पाँच सय ५५ रुपैया र प्रमाण पत्र प्रदान गरिएको मेला आयोजक समितिका संयोजक अनिश कार्कीले बताए । सान्तोना हुने नेपाली सेनाको चन्दननाथ गण र जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई जनही नगद २५ हजार प्रदान गरिएको छ । खेल गत मंगलवार देखि लिक कम नकआउट नियमका आधारमा खेलाईएको थियो । प्रतिस्पर्धात्मक खेल निकै रोचक रहेको थियो । विजेता खेलाडीलाई भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले पुरस्कार प्रदान गरेका हुन् ।