एकद्धार संकट ब्यबस्थापन सम्बन्धि सरोकारवालासँग अभिमुखिकरण

lagu ausadhi biruddha abhiyan jajarkot

बासुदेव शर्मा । जाजरकोट

जाजरकोट एकद्धार संकट व्यवस्थापन सम्वन्धि सरकोरावालाहरुसग एक दिने जिल्ला स्तरिय अभिमुखिकरण तालिम भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग, स्वास्थ्य सेवा कार्यालय जाजरकोटको सहकार्य तथा किर्डाक नेपालको आयोजनामा जाजरकोट सदरमुकाम खलंगामा सम्पन्न भएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटको अध्यक्षतामा भएको अभिमुखिकरण तालिममा अधिबक्ता छविराज शर्माले लौगिक हिसा र न्यायमा पहुच समानताका वारेमा जानकारी गराउनु भएको थियो ।

अभिमुखिकरण कार्यक्रममा अन्यायमा परेका मुख्य सवाल, घरेलु हिसा, घरेलु हिसाका स्वस्प, मानसिक शारिरिक यातना,यौनजन्य यातना, आर्थिक यातना, घरेलु हिसा भए के गर्ने ? उजुरी सजाय बानव बेचविखन तथा ओसार पसार जबरजस्ती करणी, बालबिबाह सम्वन्धि कानुनी सजाय, बहुबिबाह लगाएतका हिसा र दण्ड सजायका वारेमा सहभागीहरुलाई प्रकास पर्नु भएको थियो ।

जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर औसर सिह राठौरले एकद्धार संकट व्यवस्थापनको लागी जिल्ला अस्पतालले गरेको भुमीका नेपालको कानुनले समावेश गरेका क्रियाकलापहरु प्रस्तुत गर्नु भएको थियो । हिसा पिडित महिला बालबालिकाहरुलाई परामर्श गरेको वताउनु भयो । एकद्धार संकट व्यवस्थापन समितिमा को को व्यक्ति लिने व्यवस्थाका वारेमा जानकारी गर्नु भएको थियो । केहि दिनमै बसेर मुर्त रुप दिने उहाँ बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारीले एकद्धार संकट व्यवस्थापनको लागी सरोकारवाला निकायले महत्वपुर्ण भुमीका निर्वाह गर्नु पर्ने बताउनु भयो । व्यवस्था परिवर्तन भएसगै नागरिकको अवस्था परिवर्तन गर्न सरकारी कार्यालयले चुस्तदुरुस्त सेवा प्रवाह गर्न आग्रह गर्नु भयो । आफन्त नभएका पिडित महिला बालबालिका कानुनी परामर्श लिन आए उनीहरुलाई आवासको व्यवस्था मिलाउन सवै लाग्नु पर्ने, उनीहरुलाई छिटोछरीतो सेवाको व्यवस्था मिलाउनु पर्ने, घरेलु हिसा,बाल हिसा जवरजस्ती करणी लगाएत समाजलाई नकारात्मक असर गर्ने कार्यलाई जनचेतनामुलक कार्यक्रमका माध्यामबाट जानकारी गराउने बताउनु भयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad