काँग्रेस प्रदेश सभापतिमा दाजुभाई आमनेसामने !

राजेन्द्र कार्की । जाजरकोट

नेपाली काँग्रेसको आसन्न कर्णाली प्रदेश सभापतिमा राजिव विक्रम शाह र दीपक जंग शाह भिड्ने भएका छन् । नाताले दाजुभाई पर्ने जाजरकोट निवासी उनीहरु फरक समुहबाट उम्मेदवार बन्न थालेका हुन् । पुर्व साँसद राजिव संस्थापन पक्ष र पुर्व साँसद दीपक सस्थापन इतर समुहबाट चुनावी प्रतिस्पर्धामा उत्रिन थालेका छन् ।

जिल्लामा यीहरुको सम्बन्ध पनि मिल्दै ट्टदैको स्थितीमा छ । दुवैले एउटै पदमा दावी गरेपछि दुई दाजुभाई आमनेसामने भएका हुन् । दुई पटक जिल्ला सभापति भएका दीपकजंग पुनः जिल्ला सभापति हुन नपाउने बैधानिक ब्यवस्था भएपछि उनको रोजाई प्रदेश सभापति थियो । सोही अनुसार जिल्लामा कसैलाई नचिढाएर सर्वसहमत नेतृत्व छनौटमा समेत सहयोगी भुमिका खेलेका थिए । राजिव विक्रमको केन्द्रिय सदस्यमा चर्चा थियो । तर संस्थापन पक्षले कार्यकर्ता माझ लोकप्रिय छवि बनाएका राजिवलाई नै उम्मेदवार बन्न आग्रह गरेपछि उनी मैदानमा उत्रने तयारी गरेका छन् । प्रदेश प्रतिनिधिहरुको प्रारम्भिक मत सर्वेक्षण अनुसार संस्थापन पक्ष अगाडी रहेको अनुमान छ । विशेष गरि धेरै मत रहेको सुर्खेतमा संस्थापन इतर पक्ष नराम्रो सँग पराजित भएपछि यसको धक्का कर्णाली प्रदेश अधिवेशनमा पर्ने देखिएको छ ।

bhumi-sanrakshyan

 

संस्थापन पक्षबाट जुम्लाका ललित जंग शाहीले समेत सभापतिमा दावी गरिरहेका छन् । ललित र राजिव मध्य एक जनालाई उम्मेदवार बनाउन गृहकार्य भैरहेको छ । यद्यपी पार्टी सभापतिको ग्रिन सिग्नल पाएका राजिव सभापति लड्ने तयारीका साथ मंगलवार सुर्खेत पुग्दैछन् । दिपकजङ्ग सुर्खेतमै छन । यस क्षेत्रका काँग्रेसका प्रभावशाली नेता महामन्त्री पुर्णबहादुर खड्का र मुख्यमन्त्री जीवनबहादुर शाहीले कसलाई रोज्छन । त्यो कुराले पनि उम्मेदवार छनौटमा प्रभाव पार्नेछ । साथीहरु सँग सल्लाह भैरहेको छ । म सभापतिमै लड्छु पुर्व साँसद राजिवले भने ‘पार्टी सभापतिको निर्देशन अनुसार नै अघि बढ्ने निर्णय गरेको हुँ थप छलफल सुर्खेतमा रहेका अग्रज नेताहरु सँग हुन्छ ।’

उता संस्थापन इतर समुहमा पनि जुम्लाका दीनबन्धु श्रेष्ठको चाहना सभापतिमै थियो । सोही अनुसार जुम्लामा धेरै प्रतिनिधी उनी पक्षकै छन् । कालिकोटका भुपेन्द्र शाही पनि सोही समुहका अर्का आकाक्षी हुन । उनी पनि आफ्नो समुहबाट टिकट हत्याउन लागि परेका छन । तर चुनावी प्रतिस्पर्धामा  इतर पक्षले दीपक जंगलाई नै सभापतिको उम्मेदवार बनाउने सम्भावना धेरै छ । इतर समुहको नेतृत्व छान्ने जिम्मा पुर्ब मन्त्री हृदयरामी थानीलाई दिएको छ । यद्यपी दीपक जंगले आफुलाई सभापतिमा सहयोग गर्न संस्थापन पक्षलाई समेत आग्रह गरिरहेका छन् । जाजरकोटकै दुई दाजु भाईको भीडन्त हुने स्थिती देखिएपछि प्रदेश अधिवेशन थप रोचक बन्दै गएको छ । तर कतिपय जिल्ला स्तरीय कार्यकर्ताले दाजुभाई एउटै पदमा चुनावमा नलड्न आग्रह गर्न थालेका छन् । प्रदेश अधिवेश आगामी मंसिर १७ मा उम्मेदवारी दर्ता गरि १८ र १९ गते अधिवेशन गर्ने कार्यतालिका छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya