बद्री पन्त । जाजरकोट १३, मंसिर
गाउँघरतिर धेरै मानिस सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य छन् । त्यस्ता व्यक्तिलाई कादुरी एग्रिकल्चरल एड एसोशिएशन ब्रिटिश गोर्खाज् नेपाल पोखरा १६ कास्कीले जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकाका बासिन्दालाई गाउँमै निशुल्क उपचार थालेको छ । गाउँमै विभिन्न रोगको निशुल्क उपचार तथा औषधी बितरण भएपछि गाउँलेहरु खुशी दंग भएका हुन् । दुर्गममा विरामी पर्दा राम्रा अस्पताल र विशेषज्ञ डाक्टरसम्म पुग्नै कठिन हुन्छ । अस्पताल र विशेषज्ञ डाक्टरको पहुँच बाहिर रहेका स्थानीयबासी घरदैलोमै निशुल्क उपचार पाउँदा ज्यादै खुसी भएका छन । अस्पताल जानसक्ने अवस्था नभएका गाउँलेले घरआगनमै विशेषज्ञ डाक्टर आएर उपचार गरेपछि राहातको अनुभूति गरेका छन ।
आठ बर्ष अघि मोतीविन्दु रोगले दुवै आँखाको ज्वती गुमाएका बारेकोट ४ जिरीका ७७ बर्षिय धनबहादुर सार्की उपचार पछि नयाँ सन्सार देख्न पाएको बताउनु हुन्छ । त्यस्तै तिन बर्ष पहिले आँखाको ज्वती गुमाएकी बारेकोट ३ मुलसामकी ६० बर्षीया रतनकला शाही लगाएत आँखाका धेरै विरामीले उपचार पछि नयाँ सन्सार देख्न पाएका छन । धेरैले घरआगनमै भएको शिविरमा निशुल्क उपचार पाउँदा निकै खुशी भएका छन । सामान्य उपचारको लागि पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता हुन्छ, अहिले गाउँमै सेवा पाउँदा एकदमै खुसी लागेको शिवीरमा सेवा लिन आएका भीमबहादुर सिंहको भनाइ छ ।
बारेकोट गाउपालिकाको अनुरोध समन्वय तथा कादुरी एग्रिकल्चरल एड एसोशिएशन ब्रिटिश गोर्खाज् नेपाल पोखरा १६ कास्कीको आयोजनामा बृहत् निशुल्क स्वास्थ्य शिविर यही मंसिर १० गते देखि १३ गते सम्मका लागि बारेकोट –२, लिम्सामा संचालन भैरहेको छ । बिकट वस्तिका २ हजार बढी जनताहरूलाई महत्त्वपूर्ण स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर गरिएको क्याम्प इन्चार्ज राजन राईले बताउनु भयो ।
शिविरमा स्त्री रोग सम्बन्धि जाँच तथा उपचार,आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया,दाँतको उपचार,अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार,चिकित्सकको सल्लाह अनुसार निशुल्क औषधि बितरण गरिएको छ । शिवीरमा मेडिकल स्टाप –२३ जना तथा अन्य १४ जना गरी ३७ जना स्वास्थ्यकर्मीहरु खटीएका छन ।
कमजोर आर्थिक अवस्थाले उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी गरिएको शिविरले गाउँबासीलाई धेरै सहज भएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।
शिविरमा पोखरा, काठमाडौ लगाएत अस्पतालमा कार्यरत विशेषज्ञ चिकिस्तकले स्वास्थ्य चेकजाँचसहितको सेवा दिएका छन । तेस्रो दिनसम्म १८ सय बढीले सेवा लिएका छन, अध्यक्ष शाहले बताउनु भयो ।
बारेकोटमा घरदैलोमै निशुल्क विशेषज्ञ सेवा
