बारेकोटमा दुई हजार बढीले घरदैलोमै पाए निशुल्क उपचार

बद्री पन्त । जाजरकोट

कादुरी एग्रिकल्चरल एड एसोशिएशन ब्रिटिश गोर्खाज् नेपाल पोखरा १६ कास्कीको आयोजनामा जाजरकोटको बारेकोट गाउँपालिकामा सन्चालन भएको चार दिने बृहत् निशुल्क स्वास्थ्य शिविरमा दुई हजार तीन सय ५६ जनाले उपचार सेवा लिएका छन । शिबीरमा एक हजार पाँच सय २५ जना महिला र आठ सय ३१ जना पुरुष लाभान्वित भएका क्याम्प इन्चार्ज राजन राईले बताउनु भएको छ । शिविरमा ४ सय महिलाको स्त्री रोग सम्बन्धि जाँच तथा ३५ जनाको पाठ्यघरको उपचार, ११ सय १८ जनाको आँखा जाँच तथा ४१ जनाको मोतिबिन्दु शल्यक्रिया, ४ सय ५७ जनाको दाँतको उपचार,अन्यको सामान्य स्वास्थ्य जाँच तथा उपचार निशुल्क औषधि बितरण गरिएको राईले जनाउनु भयो ।

पाँच बर्ष अघि मोतीविन्दुको कारण दुवै आँखाको ज्वती गुमाएकी बारेकोट ४ जिरीकी ७० बर्षिया लक्ष्मी सार्की उपचार पछि नयाँ संसार देख्न पाएको बताउनु भयो । तिन बर्ष पहिले आँखाको ज्वती गुमाएकी बारेकोट ७ स्यालाकी ७१ बर्षीया पानसरी पुन गाउँमै आँखाको उपचार गर्न पाउँदा निकै हर्षित हुनु भएको छ । कमजोर आर्थिक अवस्थाले आमा पानसरीको उपचार गर्न नसकिएको भन्दै सुजाता पुनले घरआगनमै निशुल्क उपचार गर्न पाउँदा निकै खुशी लागेको बताउनु भयो । सामान्य उपचारको लागि पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता हुन्थ्यो, गाउँमै उपचारको सेवा पाउँदा राम्रो लागेको पुनको भनाइ छ ।

bhumi-sanrakshyan

निशुल्क शिवीरले कमजोर आर्थिक अवस्था भएका बारेकोटबासीलाई ठुलो टेवा पुगेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो । बारेकोबासीको लागि शिविर धेरै प्रभावकारी बनेको अध्यक्ष शाहको भनाइ छ ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya