राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको भेरी नगरपालिका १० भुरचौर देखि स्थानिय फेराखोला तर्फ जाँदै गरेको भे १ त ८२१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मंगलवार एक महिलाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । भेरी नगरपालिका १० भुरचौरकी २७ बर्षिय गिता बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा सल्यानको सल्लीबजार मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए ।
दुर्घटनामा भेरी नगरपालिका १० भुरचौरकी ४० बर्षिय जैकला बुढा, सोही ठाँउका २२ बर्षिय कालीदास राना, मृतक गिताकी छोरी १२ बर्षिया तुल्सी बुढा र सल्यान बनगाड कुपिण्डे दह २ बामे निवासी ३६ बर्षिय संगिता शर्मा घाईते भएको थापाले बताए । जैकली र कालीदासको अवस्था गंभिर रहेको छ । घाइते सवैलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
ट्याक्टर चालक भेरी नगरपालिका १० विराले बस्ने २२ बर्षका राजेन्द्र राना फरार रहेको प्रहरीले जनाएको छ । पानी लिन जाने क्रममा मोडमा ट्याक्टर पल्टिएको थियो ।