बद्री पन्त । जाजरकोट
नेपाली कांग्रेस जाजरकोटको जिल्ला सभापतिमा वेदराज सिंह सर्वसम्मत निर्वाचित हुनु भएको छ । सिंहको नेतृत्वमा ३६ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो । सभापति सहित सम्पूर्ण जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएका निर्वाचन अधिकृत शुर्यबहादुर शाहले बताउनु भयो । जिल्ला उपसभापतिमा खड्क बीसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएको नवनिर्वाचित भएका छन । सह–सचिवमा खडक बुढा र छवि पन्त चएन भएका छन् । कोषाध्यक्ष निर्वाचित सदस्यबाट पछि मनोनित गरिनेछ ।
त्यस्तै नगरपालिकाबाट तीन जना र गाँउपालिकाबाट दुई जनाका दरले १७ जना र समावेशी १२ गरि २९ सदस्यसमेत सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै २६ जना महाधिवेशन प्रतिनिधी र ११ जना महासमिति सदस्य समेत निर्विरोध निर्वाचित भएका छन् । पार्टीलाई थप बलियो बनाउन सर्वसम्मत नेतृत्व चएन गरेको सभापति सिंहले बताउनु भयो । पार्टीलाई बलियो बनाउन र गुटगत राजनीतिको अन्त्य गर्न सर्वसम्मत नेतृत्व चयन भएको सभापती सिंहको भनाइ छ । उनले भने सवैको आशा र भरोसालाई टुट्न दिनेछैन । काँग्रेसलाई नम्बर १ पार्टी बनाएर सवै तहको नेतृत्व काँग्रेसलाई दिलाउन अग्रसर रहनेछु । मलाई भरोसा गरेर सर्वसहमतीमा सभापति बनाउन भुमिका खेल्ने सवैलाई धन्यवाद दिन चाहन्छु ।
सभापति बाहेकका अन्य पदाधिकारी भने संस्थापन पक्ष र संस्थापनइतर समूहले बराबरी लिएका छन् । यस्तै दुई वटा प्रदेश निर्वाचन क्षेत्र रहेको जाजरकोटमा प्रदेश (क) को क्षेत्रीय सभापतिमा लिलाबहादुर शाह र (ख) मा जनक शर्मा न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस जाजरकोटले वडादेखि जिल्लासम्मका पदाधिकारी सर्वसम्मत चयन मात्र गरेन युवाहरुलाई स्थानसमेत दिएको छ । अहिलेका राजनीतिज्ञले युवामा वितृष्णा पैदा गरेको आरोप लगाउँदै, गुम्दै गएको कांग्रेसको विरासत बचाउन युवा नेतृत्व आवश्यकता रहेको र सोही अनुसार नै युवाहरूलाई स्थान दिइएको सचिव हरीचन्द्र बस्नेतले बताउनु भयो । ‘पार्टीलाई शुद्धीकरण गर्न आवश्यक छ । अब पार्टी पुरानै शैली र पद्धतिबाट चल्दैन । नेतृत्वमा नयाँ पुस्ता, आजको आवश्यकता हो’ सचिव बस्तेतले भन्नु भयो । शीर्ष नेतृत्वलाई पनि गुटगत राजनीति अनत्य गर्दै, सर्वसम्मत नेतृत्व छान्न दवाव दिएका छौं, बस्नेतको भनाइ छ ।
जिल्लाको नेतृत्वमा अधिकाँश युवा आएका छन् । महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यमा भने पुराना र सिनियर नेताहरुलाई ठाँउ दिइएको छ । त्यसैगरी नेपाली कांगेसको महासमिति सदस्य पदमा जाजरकोटबाट राजिब विक्रम शाह, दिपक जंग शाह, सनत कुमार कार्की, मुक्ति प्रसाद आचार्य, इलम बहादुर शाही, महेन्द्र बहादुर शाह, भुमिलाल रोकाय, मैना कार्की रावल, रामछाया शाही, गिता शाही र धर्म नेपाली गरी ११ जना निर्बिरोध निर्वाचित भएका छन् ।
१४ औं जिल्ला अधिवेशनको निर्वाचनबाट नेपाली कांग्रेसको महाधिबेशन प्रतिनीधिमा राजिव विक्रम शाह, दिपक जंग शाह, सनत कुमार कार्की, मुक्ति प्रसाद आचार्य, इलम बहादुर शाही, महेन्द्र बहादुर शाह, सर्पराज रावत, बिन बहादुर सिंह, काली बहादुर खत्री, रत्न अधिकारी, शेर बहादुर शाही, भुमिलाल रोकाय, मैना कार्की रावल, रामछाँया शाही, गिता शाही, धर्म बहादुर नेपाली, सरिता सिंह, लाली आरसी, पुष्पराज बस्नेत, खम्ब जंग शाह, देविका सिंह, सोना शाही, फणिन्द्र सुनार, हजारी नेपाली, जनकबहादुर बादी र याम बहादुर बस्नेत गरी २६ जनालाई निर्बिरोध निर्वाचित गरेको छ ।