December 3 - 2021, Friday१७ मंसिर २०७८, शुक्रबार

आशा परियोजनाका कर्मचारीलाई अनुगमण तथा मूल्यांकन तालिम

सहदेव बस्नेत । जाजरकोट

पहाडी साना किसानका  लागि अनुकूलन आयोजना , जिल्ला आयोजना समन्वय इकाई , जाजरकोटले आफ्नो परियोजनामा कार्यरत कर्मचारीहरुका लागि ३ दिने तालिम सम्पन्न गरेको छ । कार्तिक ८ देखी १० गतेसम्म सदरमुकाम खलंगाको होटेल थकाली मा भएको अनुगमन मूल्याकंन तालिममा आशा आयोजनाका २३ जना कर्मचारीको सहभागिता रहेको थियो ।

आशा आयोजना जाजरकोटका प्रमुख देवेन्द्र गेलालले कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताउनु भयो । सो तालिमको मुख्य सहजीकरण प्राविधिक सहयोग इकाई , सुर्खेतका इन्जिनियर आकाश उपाध्याय संचार तथा एमआइएस बिज्ञ सुरेशमान जोशीले गर्नु भएको थियो ।
अनुगमन मूल्याकंन अधिकृत लोकराज गौतम ले परियोजनाको नियमति कर्मचारीहरु लाई आफ्नो कार्यक्षेत्रमा काम गर्नलाई तालिमले प्रभावकारी भुमिका खेल्ने विस्वास व्यक्त गर्नु भयो ।

समन्वय वैठक सम्पन्न

त्यस्तै आसा आयोजना जिल्ला आयोजना समन्वय इकाई जाजरकोटको आयोजनामा भेरी नगरपालिका जाजरकोट सँग भेरी नगरपालिका स्तरिय समन्वय बैठक सम्पन्न भएको छ । बिहिवार सम्पन्न समन्वय तथा साझेदारी वैठकमा, भेरी नगरपालिकाका मेयर सि पि घर्तीको अध्यक्षता, भेरी नगरपालिकाका वाड अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, विषय गत शाखाका प्रमुखहरुको सहभागिता रहेको थियोे ।
बैठकको सहजीकरण आशा आयोजनाका अनुगमन मुल्यांकन अधिकृत लोक राज गौतम, जलबायु परिवर्तन बिज्ञ सन्जित कंडेल र प्राबिधिक सुजाता खड्काले गर्नु भएको थियो । परियोजना को कार्यक्रम सरोकारवाला स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी गराउना वैठक आयोजना गरिएको आसा परियोजना प्रमुख देवेन्द्र गेलालले जानकारी दिनु भयो ।

Prabaha

Pashusewa Karyalaya Jajarkot