April 26 - 2024, Friday१४ बैशाख २०८१, शुक्रबार

५३८ रोपनी जग्गामा लगाएको गाँजा खेती नष्ट

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा प्रहरीले ठुलो परिमाणमा गाँजा खेती गरेको छ । लागु औषध चरेस उत्पादन हुने पाँच सय ३८ रोपनी जग्गामा लगाएको गाँजा प्रहरीले नष्ट गरेको हो । साउन यता प्रहरीले मातहतका युनिटहरुलाई परिचालन गरेर गाँजा नष्ट अभियान नै चलाएको छ ।

जिल्लाको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाँउपालिका र कुशे गाँउपालिकाको विभिन्न ठाउँमा गरि पाँच सय ३८ रोपनी जग्गाको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोप्य सुचनाको आधारमा नलगाड नगरपालिका–३ को द्वारे, डिम्रेनि र काँक्रेमेला लगायतका स्थानमा ३५ रोपनी जग्गामा रहेको अवैध गाँजा खेती प्रहरीले नष्ट गरिएको छ भने, छेडागाड नगरपालिका–१२ र १३ मा पर्ने चैते, टाकुरा, काँडासोती, मेलचौर, सोतीचौर, माजगाउँ लगायतका स्थानमा १५५ रोपनी जग्गामा रहेको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । उक्त गाँजाखेती ईलाका प्रहरी कार्यालय दल्ली, ईलाका प्रहरी कार्यालय बडाबन र जगतिपुरबाट खटाईएको संयुक्त प्रहरी टोलीले नष्ट गरेको हो । त्यस्तै भेरी नगरपालिका–२ स्थित तिमिले, छेलोहान्ने, र नाउली लगाएतका विभिन्न स्थानमा १० रोपनी जग्गामा रहेको अबैध गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए ।


पाचँकटिया बाट खटिएको प्रहरी टोलीले भेरी न.पा. २ खाम लेक का विभिन्न स्थानहरु र भेरी न.पा. २ डिङ्गाको विभिन्न स्थानहरुमा करीव ६६ रोपनीमा रहेका अवैध गाँजाका बोटहरु नष्ट गरेको प्रहरीले जनाएको छ । केही दिन अघि नलगाड न.पा. २ नहकुलीको विभिन्न स्थानहरु अन्दाजी (७ बिगाह) ९५ रोपनी मा रहेका अवैध गाँजाका बोटहरु नष्ट गरेको डिएस्पी थापाले बताए । भेरी नगरपालिका वडा नं. ०२ स्थित डिङ्गा खारा, गवही, नयवारी, तल्लो ज्यामिरे र माथिल्लो ज्यामिरेमा अन्दाजी ४० रोपनीमा रहेका अवैध गाँजाका बोटहरु नष्ट गरेको उनले बताए ।

गाँजाको बोटको चोपबाट चरेस निकाल्ने समयको बेला प्रहरीले गाँजा नष्ट गर्ने अभियान चलाएपछि स्थानिय चिन्तामा परेका छन् । गाँजाको बोटबाट चरेस निकाल्ने र दाना अचार (भाँगो)को रुपमा प्रयोग हुन्थ्यो । चरेस र भाँगो बेचेर तिहार खर्च जुटाउँला भन्ने योजना बनाएका गाँउलेहरु प्रहरीले गाँजाका बोट नै नष्ट गरिदिएपछि समस्यामा परेका हुन् । गाँजा खेती अवैध मानिन्छ । सरकारले चरेस उत्पादन र विक्रि वितरणमा प्रतिबन्ध लगाएको छ । तर जिल्लाका अधिकांश क्षेत्रका बासिन्दाले लुकीछिपी अवैध तरीकाले उत्पादन र ब्यापार गरेर घरखर्च टार्ने गरेका थिए । कतिपयले आफै प्रयोगका लागि पनि गाँजा लगाएका थिए । प्रहरीले गतबर्षहरुमा पनि केही ठाँउमा गाँजाका बोट नष्ट गर्ने गरेपनि यसपटक भित्र भित्र पसेर सवै सखाप पारिदियो एक स्थानियले भने घर खर्च टथ्र्यो यसपाली सवै खतम भयो । कतिपयले प्रहरीको नजर नपुग्ने जंगलको विच भागमा समेत गाँजा खेती गरेका थिए । त्यही पुगेर पनि नष्ट गरिदियो उनले भने ‘औषधीका लागि र अचार खानाका लागि लगाएको बोट पनि राखेनन् सवै नष्ट गरिदिए ।’

जिल्ला प्रहरी प्रमुख थापा भने गाँजा र चरेसले युवाहरुलाई दुब्यर्सनीमा फसाएको हुँदा गाँजा नष्ट अभियान नै चलाएको र अभियान जारी रहेको बताए । सरकारले नै प्रतिवन्ध लगाएको कुरालाई उत्पादन र विक्रिवितरण नगर्न उनले आग्रह गरे ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad