अबैध भरुवा बन्दुक सहित दाजुभाई पक्राउ

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटमा अबैध भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको शिवालय गाँउपालिका वडा नम्बर ६ संगुरखालका २९ बर्षिय नविन शाही र २२ बर्षका मनोज शाही अवैध चार थान भरुवा बन्दुक सहित पक्राउ परेका हुन् ।

पक्राउ परेका दुई जना टेकबहादुर शाहीका दुई छोरा हुन् । प्रहरीका अनुसार गत विहिवार अस्थायी प्रहरी पोष्ट थालारैकरबाट प्रहरी सहायक निरीक्षक मन्दिर थापाको कमान्डमा गएको प्रहरी टोलीले संगुरखाल रिसिना जंगलमा शिकार खेल्दै गरेको अवस्थामा एकनाले भरुवा बन्दुक फेला पारि निजको घरमा खानतलासी गर्दा घरको चुलोको माथि दलिनमा राखेको अवस्थामा अर्को बन्दुक फेला परेको थियो । नविनकै सुचनाका आधारमा नजिकै रहेको मनोजको घरमा खानतलासी गर्दा एक बन्दुक निजको गोठमा र अर्को बन्दुक घरपछाडीको ओडारमा लुकाएर राखेको अवस्थामा फेला पारि चार ओटै एकनाले भरुवा बन्दुक बरामत गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । पक्राउ परेका दुवैको जिल्ला अदालतबाट म्याद थपाएर अनुसन्धान भैरहेको थापाले बताए ।

bhumi-sanrakshyan

अवैध हातहतियार गाँउघरमा हुँदा झैझगडा हुनुका साथै अवैध चोरी शिकारी गरेर दुर्लभ बन्यजन्तुको विनास ब्यापक हुने गरेको थियो । पछिल्लो प्रहरी अप्रेशनबाट धमाधम अवैध हतियार बराबत हुन थालेका छन् ।

lagu ausadhi biruddha abhiyan jajarkot

Prabaha

Division Ban Karyalaya