राजेन्द्र कार्की । जाजरकोट
जाजरकोटको जुनीचाँदेमा रुखबाट लडेर एक जना पुरुषको ज्यान गएको छ । जुनीचाँदे गाँउपालिका १ बड्कुलेका ४७ बर्षिय रामबहादुर कार्कीको रुखबाट लडेर बुधवार ज्यान गएको हो ।
गाइभैसीलाई घाँस काट्न नजिकैको जंगलमा गएका कार्की रुखबाट लडेर ज्यान गएको स्थानिय कर्ण कार्कीले बताए । अत्याधिक बर्षातका कारण रुख चिप्लो भएकोले उनी लडेका हुन् । रुखबाट चिप्लिएर खसेका उनीको टाउको ढुङ्गामा लागेर घटनास्थलमै ज्यान गएको हो ।