राजेन्द्र कार्की । जाजरकोट
चट्याङ्ग लागेर जाजरकोटमा एक किशोरीको मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा एक्कासी परेको चट्याङ्ग लागेर बारेकोट गाँउपालिका १ रामीडाँडा निवासी १७ बर्षिया सर्मिला गिरीको मृत्यु भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । चट्याङ्ग लागेर गिरीको शनिवार घटना स्थलमै मृत्यु भएको अध्यक्ष शाहले बताए । उनी माओवादी नेता नरबहादुर गिरी निसानकी छोरी हुन् । विरेन्द्र ऐश्वर्य मावि लिम्सामा कक्षा ११ मा अध्ययनरत थिइन ।
चट्याङ्ग लागेर किशोरीको मृत्यु
