भेरीका विद्यालय आइतवार देखि खुल्ने !

lagu ausadhi biruddha abhiyan jajarkot

राजेन्द्र कार्की । जाजरकोट

कोरोना संक्रमण बढ्दै गएपछि गत बैशाख देखि देशभरका विद्यालय बन्द रहेका छन् । कोरोनाको संक्रमण घटदै गएपछि विद्यालय खुल्न थालेका छन् । जाजरकोटको भेरी नगरपालिकाले आगामी आइतवार देखि नगरभित्रका सवै विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन संचालन गर्ने निर्णय गरेको हो ।

भेरी नगरपालिकाको नगर शिक्षा समितिको बुधवार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसारको मापदण्ड तथा प्रक्रिया पालना गरि विद्यालय संचालन गर्ने निर्णय गरेको नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख अमृतबहादुर पुनले बताए । भेरी नगरपालिकामा हाल कोरोना संक्रमणको अवस्था नरहेकोले विद्यालय खोल्ने निर्णय गरिएको पुनले बताए । कार्यढाँचामा सवै शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनु पर्ने, जोरविजोर प्रणाली अपनाएर भएपनि भौतिक दुरी कायम गर्नु पर्ने लगायतका प्रावधान राखिएका छन् । लामो समय देखि बन्द रहेका विद्यालय खुल्ने भएपछि विद्यार्थी र अभिभावक खुसी भएका छन् । रोकिएको कक्षा ११ र १२ को परीक्षा समेत आगामी भदौ ३० गतेबाट संचालन हुने भएको छ । भदौ ३० देखि असोज ८ गते सम्म परिक्षा हुने विद्यालयको पठनपाठन भने प्रभावित हुने भएको छ ।

Prabaha

Pashusewa Karyalaya Jajarkot
Pashu Ad